बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको १०२औं मासिक नियमित रक्तदान कार्यक्रममा १९९ युनिट रगत जम्मा भएको छ ।
तीन दिनको अथक प्रयासले १९९ युनिट रगत संकलन गर्न सफल भएको कार्यक्रमका संयाेजक समेत रहेका समाजका रुपन्देही कार्यसमिति सदस्य आकाश पन्थले बताए ।

मिति २०७० बैशाखबाट अन्तिम शनिवार रक्तदान कार्यक्रम गर्दै आएकाे समाजकाे शनिबार १०२ महिना पूरा गरेको हो ।
कार्यक्रममा निरन्तर रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology