Logo

२०८३, श्रावण २७गते


images
images

जातीय विभेद उन्मूलन दिवस

बुटवलमा जातीय विभेद तथा छुवाछुतविरुद्ध कानुनी सचेतनामूलक सूचना पाटी

बुटवलमा जातीय विभेद तथा छुवाछुतविरुद्ध कानुनी सचेतनामूलक सूचना पाटी

images
  • बुटवलमा जातीय विभेद तथा छुवाछुतविरुद्ध कानुनी सचेतनामूलक सूचना पाटी
    images
    images

    बुटवल । २१ मार्च अर्थात ६१औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस देशभर मनाईरहदा बुटवलमा पनि  दिवस मनाइएको छ। सोही अवसरमा बुटवल उपमहानगरपालिकामा जातीय विभेद तथा छुवाछुतविरुद्ध कानुनी सचेतनामूलक सूचना पाटी नगर प्रमुख खेलराज पाण्डेयले एक कार्यक्रमका बीच समुद्घाटन गरी सार्वजनिक गरे ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले जातीय तथा रंगभेद अन्त्यका लागि कानुनी प्रावधान भए पनि व्यवहारमा पूर्ण कार्यान्वयन हुन नसक्दा अझै पनि विभेद हट्न नसकेको बताए । उनले विभेद अन्त्यका लागि सामाजिक चेतना र व्यवहार परिवर्तन अपरिहार्य रहेको बताए । पाण्डेयले समतामुलक समाज निर्माणका लागि बुटवल उपमहानगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्दै आएको बताए ।

    images
    images
    images

    बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले सूचना पाटीमार्फत नागरिकलाई कानुनी जानकारी प्रवाह गर्दै विभेदविरुद्ध आवाज उठाउन  प्रेरित गर्ने उद्देश्य रहेको बताइन् । उनले  हिजोका समयमा महिला र दलित समुदायको पीडा एउटै भएको बताउँदै अहिले धेरै परिवर्तन भएको बताईन् ।

    images
    images
    images

    नेपाल कम्युनिष्ट  पार्टीका बुटवल नगर अध्यक्ष  महेन्द्र भुसालले विभेद अन्त्यका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए । त्यसैगरी  राष्ट्रिय स्वतन्त्र पार्टी - रास्वपा) का बुटवल नगर सभापति  राजन पाण्डेले कानुन कार्यान्वयनमा कमजोरी हुँदा पीडितले न्याय पाउन कठिन हुने बताए ।  

    अधिवक्ता गौमती सुनारले कानुनी जानकारीको अभावकै कारण धेरै विभेदका घटना सार्वजनिक हुन नसकेको धारणा राखिन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सावित्रा बिकले दलित समुदायमाथि हुने विभेद अझै कायम रहेको भन्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइन् ।  

    कार्यक्रममा  दलित उत्थान समिति रुपन्देहीका पूर्व सहसंयोजक जोगलाल बिक,  परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोकबहादुर नेपाली,  दलित समन्वय समितिका सहसंयोजक रबि बिक, बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य सुनिता खड्लुक, कार्यपालिका सदस्य यम बहादुर सुनारलगायतले बोल्दै विभेदमुक्त समाज निर्माणका लागि सामूहिक पहल गर्नुपर्ने बताए ।

    कार्यक्रममा  दलित समुदायका अगुवा तथा सामाजिक एवम् राजनीतिक र सञ्चारकर्मीहरुको  सहभागिता रहेको थियो । बुटवल  उपमहानगरपालिकाको प्राङगणमा राखिएको सूचना पाटीमा जातीय विभेद तथा छुवाछुतसम्बन्धी कसुर र सजायका प्रावधानबारे समावेश गरिएको छ । 

    बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको अध्यक्षता, कार्यपालिका सदस्य कृष्ण सुनारको स्वागत मन्तव्यमा भएको कार्यक्रममा  महिला बालबालिका तथा समाबेशिकरण  शाखा प्रमुख संगीता अर्यालले सञ्चालन गरेकी थिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • # सूचना पाटी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।