Logo

२०८३, श्रावण २७गते


images
images

एमाले जनसभा

बुटवलमा एमालेले जनसभा गर्ने, ५० हजार कार्यकर्ता उतार्ने दावी

बुटवलमा एमालेले जनसभा गर्ने, ५० हजार कार्यकर्ता उतार्ने दावी

images
  • बुटवलमा एमालेले जनसभा गर्ने, ५० हजार कार्यकर्ता उतार्ने दावी
    images
    images

    बुटवल । नेकपा (एमाले) ले चैत २९ गते शुक्रवार बुटवलमा आयोजना गर्न लागेको जनसभामा ५० हजार कार्यकर्ता उतार्ने तयारी गरेको छ । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले नागरिकमा नकारात्मक भ्रम फैलाएर स्वार्थको रोटी सेक्ने कोशिष भैरहेको भन्दै त्यसलाई चिर्न जनसभा आयोजना गरिएको बताए ।

    images
    images
    images

    पछिल्ला दिनमा लोकतन्त्रविरोधी गतिविधि हुन थालेको बताउँदै त्यसका विरुद्ध जनतालाई जागरूक बनाउने मुख्य उद्देश्यका साथ जनसभा आयोजना हुन लागेको गैरेले बताए । “सरकारले थुप्रै राम्रा कामहरु गर्दा पनि केही भएन भन्ने भाष्य स्थापित गर्न खोजिएको छ ।” उनले भने, “सामाजिक सञ्जालमा दलहरुप्रति नै वितृष्णा फैलाउने गरी सुनियोजित प्रहार भैरहेको छ । यसलाई चिर्न पनि जनसभा आयोजना गरिएको हो ।”

    images
    images
    images

    जनसभाको अन्तिम तयारी पूरा भइसकेको बताउँदै गैरेले रुपन्देहीका १६ वटै पालिका कमिटी, वडा कमिटी, जनसंगठनको बैठक गरेर पार्टीले आवश्यक जनपरिचालनको योजनालाई कार्यान्वयन गरिरहेको बताए । 

    images
    images
    images

    एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले पार्टीको सम्पूर्ण शक्ति परिचालन गरी जनसभामा केन्द्रित गरिएको जानकारी दिए । उनले एमालेको जनसभाले सुशासन, विकास र समृद्धिको पक्षमा सन्देश दिन खोजेको बताए ।  
    मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्वहरु सल्वालाएकाले जनतालाई सचेत गराउन आवश्यक रहेको बताउँदै न्यौपानेले एमालेको मिसन ०८४ र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई कमजोर बनाउन प्रतिगामीहरुले अराजक गतिविधि बढाएको दाबी गरे । 

    एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जनसभा सफल पार्न प्रचार संयन्त्रलाई प्रभावकारी र व्यवस्थित ढंगले परिचालन गरिएको बताए । एमाले रुपन्देहीले जनसभाको आवश्यक तयारी तथा जनपरिचालनका लागि जिल्ला सचिव चित्रबहादुर कार्कीको संयोजकत्वमा जनपरिचालन कमिटी बनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • # एमाले
  • # जनसभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।