Logo

२०८३, श्रावण २७गते


images
images

लुम्बिनी प्रादेशिक अस्पतालको ११६ औँ स्थापना दिवसमा एमआरआई सेवा सुभारम्भ

लुम्बिनी प्रादेशिक अस्पतालको ११६ औँ स्थापना दिवसमा एमआरआई सेवा सुभारम्भ

images
  • लुम्बिनी प्रादेशिक अस्पतालको ११६ औँ स्थापना दिवसमा एमआरआई सेवा सुभारम्भ
    images
    images

    बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एमआरआई सेवाको शुभारम्भ भएको छ । अस्पतालको ११६ औं स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार एमआरआई सेवा शुभारम्भ गरेका छन् । 

    images
    images
    images

    लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा करिब १२ करोड लगानीमा एमआरआई मेसिन जडानपछि सेवा सञ्चालनमा ल्याइएको हो । सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राख्दै सीमित स्रोत र साधनको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिएको जनाइएको छ । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पताललाई थप उचाइमा पुर्याउन प्रतिष्ठानको रूपमा विकास गर्ने गरी पहल भइरहेको बताए । विशिष्ट र विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सुनिश्चित गर्न प्रतिष्ठानको अवधारणा अघि सारिएको उनले स्पष्ट पारे ।

    images
    images
    images

    प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए ।  ‘प्रादेशिक अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गरेर लैजाने योजना छ । त्यसमा हामीले ध्यान दिएका छौं,’ उनले भने, ‘यसलाई नमुना अस्पतालका रूपमा विकास गर्न प्रदेश सरकारले काम अघि बढाएको छ । सबैको साझा प्रयासबाट आमूल परिवर्तन सम्भव भएको छ । समन्वय र सहकार्यकै कारण अस्पताल यहाँसम्म आइपुगेको हो ।’ 

    images
    images
    images

    प्रदेश सरकारले सेवा विस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले सेवाग्राहीले सस्तो र सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए । ‘एमआरआई मेसिन जडान भएपछि सेवाग्राहीले अब सस्तो र सुलभ ढंगले सेवा लिन पाउने अवसर प्राप्त भएको छ । गोरखपुर वा काठमाडौं जानू पर्ने बाध्यताको अन्त्य भएको छ ।’ उनले भने, ‘एक हजार दुई सय शैयाको अस्पताल निर्माणको काम अघि बढेको छ । २१ महिनाको अवधिमा ४० प्रतिशत भौतिक प्रगति भएको छ । तीन वर्षभित्र सबै सेवा नयाँ भवनबाट सञ्चालन गर्ने योजना छ ।’

    स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न प्रदेश सरकारले आवश्यक कानुनी व्यवस्था समेत गरिसकेको उल्लेख गर्दै उनले जिम्मेवारीपूर्वक सेवा प्रवाह गरिरहेकोमा धन्यवाद व्यक्त गरे । साथै, अझ सक्रिय र समर्पित भएर जनसेवामा लाग्न आग्रह गरे ।

    लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ तथा बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले अस्पतालमा विशिष्टिकृत सेवाहरु थप गर्दै लैजानुपर्नेमा जोड दिए । सेवा विशिष्टिकृतका लागि सरकारले आवश्यक भूमिका खेल्ने प्रतिवद्धतासहित उनीहरुले सबै तह र क्षमताका सेवाग्राहीले समान अस्तित्व महशुस गर्नेगरी सेवामा लाग्न यहाँ कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । 

    कार्यक्रमा बोल्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सीमित स्रोत र साधानका बाबजुद स्वास्थ्य सेवाको क्षेत्रमा उल्लेख्य प्रगति प्राप्त गर्न सक्नुमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको मेहनत महत्वपूर्ण रहेको उल्लेख गरे । अस्पतालमा विगत लामो समयदेखि करारमा कार्यरत स्वास्थ्यकर्मीहरुको बारेमा समेत प्रदेश तथा संघीय सरकाले ठोस योजना ल्याएर समस्या सम्बोधन हुनुपर्ने उनको जोड थियो । अस्पताल बिकास समितिलाई प्राप्त अधिकारहरुको बारेमा थप स्पष्टताको आवश्यकता औल्याउँदै उनले सरकारैपिच्छे फेरिने कार्यविधि, नियुक्ति र खारेजीको श्रृङ्खला अन्त्यु हुनुपर्नेमा जोड दिए ।  

    सेवा विशिष्टिकृत तथा प्रविधिमा फड्को ः
    अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले पछिल्लो १ वर्षको अवधिमा भएका उपलब्धिहरु बारे जानकारी गराएका थिए । अस्पतालमा प्रसूति तथा बालरोग भवनमा अत्याधुनिक ४ वटा शल्यक्रिया कक्ष स्थापना, १४ शय्याको पोस्ट अपरेटिभ र ८ शय्याको रिकभरी वार्डसहितको सुविधायुक्त अपरेसन थियटर सञ्चालन, आकस्मिक कक्षमा हुने बिरामीको चापलाई मध्यनजर गर्दै ४५ शय्याको मेडिकल वार्डलाई स्तरोन्नति गरी ९० शय्याको विशाल भौतिक संरचना निर्माण लगायतका भौतिक संरचनाहरु बिस्तार गरिएको उनले बताए । यसैगरी प्रविधिको क्षेत्रमा बिरामीको सहजताका लागि अनलाइन टिकट प्रणालीको सुरुवात साथै, बिलिङ काउन्टरहरूमा डाइनामिक डिजिटल पेमेन्ट सुविधासहितको छुट्टै डिजिटल पेमेन्ट काउन्टर स्थापना गरिएको बताए । प्रयोगशाला जाँचको रिपोर्टका लागि लाइन बस्नुपर्ने बाध्यता अन्त्य गर्दै बिरामीको मोबाइलमा एसएमएस मार्फत रिपोर्ट जाने र अटोमेटिक डिस्प्याच मेशिनबाट बिरामी आफैँले रिपोर्ट प्रिन्ट गर्न सक्ने अत्याधुनिक व्यवस्था लगायतका सुविधा मिलाइएको जानकारी गराए । 

    अस्पतालमा हुने भीड व्यवस्थापनका लागि स्वास्थ्य बीमाका बिरामीहरूका लागि विशेष ध्यान दिँदै ३५ वटा टिकट काउन्टरमार्फत सेवा प्रवाह तथा जसमध्ये १० वटा काउन्टरबाट एकैसाथ टिकटिङ र बिलिङ सुविधा । एमआरआई सुविधा, अत्याधुनिक न्यूरो माइक्रोस्कोपको माध्यमबाट जटिल नशाजन्य शल्यक्रिया तथा आर्थोस्कोपी मेसिनबाट जोर्नीका नसाहरूको पुनर्निर्माण र जोर्नी प्रत्यारोपण सेवा सञ्चालन, आवश्यक उपकरणको अभावमा बन्द रहेका मूत्र प्रणाली र ल्याप्रोस्कोपिक विधिबाट गरिने पित्तथैलीको शल्यक्रिया पुनः सुचारु गरी सेवालाई निरन्तरता, मुत्र प्रणालीमा रहेका पत्थरीको आधुनिक उपचारका लागि थिलिएम लेजर मेसिन जडान गरी सेवालाई थप प्रभावकारी बनाइएको लगायतका विषयहरुले महत्वपूर्ण उपलब्धिका रुपमा उल्लेख गरे । 


    कार्डियोलोजी विभागमा टिएमटी, हल्टर मोनिटरिङ, एबीपीएम जडान तथा इएनटी विभागमा अडियोमेट्री जडान, स्तन क्यान्सर निदानका लागि क्यान्सरको समयमै पहिचान गर्न मेमोग्राफी सेवा तथा छुट्टै ब्रेस्ट क्लिनिक सञ्चालनमा ल्याइएको बताए ।रेडियोलोजी र इण्डोस्कोपीतर्फ अत्याधुनिक ५०० एमएको डिजिटल एक्सरे मेसिन जडान तथा इण्डोस्कोपी सेवामा रहेको लामो पर्खाइ अन्त्य गर्न थप मेसिनको व्यवस्थापन गरी दैनिक नियमित सेवा सुनिश्चित गरिएको उल्लेख गरे । यसैगरी आकस्मिक समयमा रगतको अभाव हुन नदिन इमर्जेन्सी ब्लक भित्रै छुट्टै

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।