Logo

२०८३, श्रावण २७गते


images
images

बुटवलको मेलामा जेष्ठ नागरिकलाई सम्मान

बुटवलको मेलामा जेष्ठ नागरिकलाई सम्मान

images
  • बुटवलको मेलामा जेष्ठ नागरिकलाई सम्मान
    images
    images

    बुटवल । बुटवलको औद्योगिक व्यापार मेलामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । मेलामा मंगलवार जेष्ठ नागरिक मिलन केन्द्र रुपन्देही, तिलोत्तमा ४ श्रीङ्गेश्वर धामका ४१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । जेष्ठ नागरिक मिलन केन्द्रबाट आएका जेष्ठ नागरिकलाई सम्मान गर्दै मेला आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले मेलामा जेष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा आफूहरुलाई पनि सन्तुष्टि मिलेको बताए ।

    images
    images
    images

    ‘सम्मानले जेष्ठ नागरिकमा पनि आत्म सम्मान हुने र प्राप्त भएको आत्मसम्माले उहाँहरुको दीर्घजीवन बनाउन मद्धत गर्छ ।’ उनले भने, ‘यो नौलो अभ्यासको थालनी भएको छ । आगामी दिनमा यसको दायरा अझै फराकिलो बनाईनेछ ।’

    images
    images
    images

    कार्यक्रममा जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले मिलन केन्द्रमा दिवा सेवा प्रदान गरिएको बताउँदै त्यसमा गराईने योग, ध्यान लगायतका क्रियाकलापले जेष्ठ नागरिकको स्वस्थ्य जीवन र दीर्घायुको लागि सकारात्मक टेवा पुर्याएको बताए ।

    images
    images
    images

    त्यसैगरी जेष्ठ नागरिक ९२ वर्षीय तुलसीराम पौडेल र ८१ वर्षीय मिना थापाले आफूहरु एकै उमेर समुहका मानिसलाई मिलन केन्द्रमा योग, ध्यान तथा आपसमा भलाकुसारी गर्ने अवसर प्राप्त हुँदा एक प्रकारको सन्तुष्टि मिलेको अनुभव सुनाए ।

    ‘लगानी लुम्बिनीमा ः समृद्धि देशमा’ भन्ने मुल नारा सहित बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा यहि पुसको ३ देखि सञ्चालित औद्योगिक व्यापार मेला १८ गतेसम्म चल्नेछ ।

    मेलामा मंगलवार लोक तथा दोहोरी गायिका रीता थापा, खुमन अधिकारी, घनश्याम रिजाल, अर्जुन खड्का, नवराज पाण्डे लगायतका कलाकारहरुको प्रस्तुती रहेको सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी दिए । त्यसैगरी डान्स च्याम्स अफ बुटवल र खुला लोक तथा दोहोरी गित प्रतियोगिताका ईभेन्ट समेत मंगलवार जारी रहेका छन् ।

    त्यस्तै बुधवार आधुनिक गायिका देवीका बन्दना, अस्मिता अधिकारी, आधुनिक गायक महेश काफ्ले, लोक तथा दोहोरी गायिका राधिका हमाल राजु ढकाल, पूर्णकला विसी, लगायत कलाकारहरुको प्रस्तुती रहनेछ । त्यसैगरी बाँकी रहेका केही प्रतियोगिताहरुको फाईनल प्रतिष्पर्धा समेत बुधवार हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।