Logo

२०८३, श्रावण २७गते


images
images

कानुनी अड्चन सरकारले फुकाउछ, विद्युतीय सवारी साधन चलाउनुसः मुख्यमन्त्री आचार्य

कानुनी अड्चन सरकारले फुकाउछ, विद्युतीय सवारी साधन चलाउनुसः मुख्यमन्त्री आचार्य

images
  • कानुनी अड्चन सरकारले फुकाउछ, विद्युतीय सवारी साधन चलाउनुसः मुख्यमन्त्री आचार्य
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी विकास कोषमा थन्किएर बसेको विद्युतीय सवारी साधनलाई छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका छन । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यलाई मुख्यमन्त्री आचार्यले विद्युतीय सवारी साधन नियमित सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिएका हुन । 

    images
    images
    images

    सवारी साधन चलाउनमा आईपरेका कानुनी अड्चन फुकाउन प्रदेश सरकारले सहजिकरण गर्ने भएकाले सवारी साधनलाई कामविहिन बनाएर नराख्न उनले निर्देशन दिए ।‘कसरी हुन्छ ति सवारी साधन चलाउनुस । प्रदेश सरकारले कहाँ र कसरी साथ दिनुपर्छ हामी दिन्छौं’  उनले  भने,‘राज्यलाई प्राप्त भएको सम्पत्ति यसरी कामविहिन बनाएर राख्दा त्यसको सन्देश राम्रो जाँदैन । कानुनी अड्चन फुकाउनुपर्ने भए हामी फुकाउछौंं ।’

    images
    images
    images

    लुम्बिनीमा प्रदूषण कम गर्नका लागि एसियाली विकास बैंकको सहयोगमा ६ वटा बस र  १३ वटा भ्यान गरी १९ वटा विद्युतीय सवारी साधन प्राप्त भएको थियो । हाल ति सवारी साधन नियमित सञ्चालनमा छैनन् । 

    images
    images
    images

    IMG-20240915-WA0000.jpg

    विदेशी पर्यटकलाई भैरहवा हुँदै बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्ध सर्किट क्षेत्रमा पर्ने स्थानहरु देवदह, तिलौराकोट, रामग्राम पु¥याउने उद्देश्य थियो । 

    एसियाली विकास बैंकको अनुदान, भन्सार छुटबाहेक नेपाल सरकारको १३ करोड रकम खर्च भएको छ । हाल यि सवारी साधन लुम्बिनी विकास कोषको नाममा दर्ता भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।