Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा राप्रपाको किसान जनसभा हुँदै, अध्यक्ष लिङदेनले सम्बोधन गर्ने

देवदहमा राप्रपाको किसान जनसभा हुँदै, अध्यक्ष लिङदेनले सम्बोधन गर्ने

images
  • देवदहमा राप्रपाको किसान जनसभा हुँदै, अध्यक्ष लिङदेनले सम्बोधन गर्ने
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका–११, शंकरपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसभा गर्ने भएको छ । किसानसंग राप्रपा अभियान अन्तर्गत पार्टीको  देवदह नगर समितिले किसान जनसभा गर्ने भएको हो । 

    images
    images
    images

    पार्टीले मंगलबार देवदहमा पत्रकार भेटघाट गर्दै जनसभालाई पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनले सम्वोधन गर्ने जानकारी गराएको छ । 

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै पार्टीका सहमहामन्त्री ताहिर अलीले राज्यको गलत नितीका कारण किसानहरुले समस्या भोग्न वाध्य भएकोले पार्टीले किसानसंग राप्रपा जनसभा् गर्न लागेको बताए । किसानले उत्पादन गर्ने दुधको मूल्य राज्यले तोकेपनि कृषकहरुलाई चाहिने दानाको मूल्य व्यापारीहरुले निर्धारण गर्दा किसानहरुले महंगोमा किन्न वाध्य भएको उल्लेख गर्दै उनले देशको व्यवस्था र अवस्था परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिए । 

    images
    images
    images

    नेकपा एमाले र नेपाली काग्रेसको सरकारले संविधान संशोधनको कुरा गरेपनि अहिलेसम्म कुनै पहल नगरेको बताउदै सत्ताको लागि मात्र गठबन्धन गरेको उनको आरोप छ । जनतालाई जगाउनको लागि पार्टीले संगठन विस्तारसंगै आमनागरिकलाई सचेत गराउदै आईरहेको उनको भनाइ छ । 

    राष्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर समितिका अध्यक्ष माधव रिमालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य तोयानाथ लम्साल लगायतले बोलेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।