देवदह । देवदह नगरपालिकाले कार्यालयका कर्मचारी र टोलविकास संस्थाका पदाधिकारीलाई जीवनशैली परिवर्तन सम्बन्धी प्रशिक्षण दिएको छ । आहारविद् एवं जीवनशैली तथा योग प्रशिक्षक डा. राजु अधिकारीले शनिबार नगरपालिकाको सभाहलमा प्रशिक्षण दिएका हुन् ।
दुई सेशनमा विभाजन गरिएको प्रशिक्षण कार्यक्रम बिहान ११ बजेसम्म नगरपालिका कर्मचारीलाई जीवनशैली तथा कार्यशैली परिवर्तन सम्बन्धी उत्प्रेरणा र दिउँसो ११ बजेदेखि टोलविकास संस्थाका लागि वातावरण संरक्षण तथा सरसफाई सचेतना लेखिएको ब्यानरमा प्रदान गरियो ।
वाग्मती सफाइ महाअभियानका अभियन्तासमेत रहेका मानव चेतना एवं योग विज्ञानमा पीएचडी गरेका डा. अधिकारीले सकारात्मक सोंच, मानवीय र वातावरणिय स्वास्थ्यबारे प्रशिक्षण दिएको देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी कृष्ण प्रसाद सापकोटाले जानकारी दिए । प्रशिक्षणले कर्मचारीको व्यवहार परिवर्तन र आम नगरवासीमा समेत थप सकारात्मक सोचको विकास गराउने विश्वास लिईको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले मानिसको सोच परिवर्तनले नै समाज परिवर्तन हुने बताए । 'हामी देवदहलाई समृद्ध बनाउन चाहान्छौं' उनले भने, 'सबैमा सकारात्मक सोच रहेमात्र त्यो सम्भव छ ।'
कार्यक्रममा देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, अनागर प्रवक्ता गणेश डुम्रे लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology