Logo

२०८३, कार्तिक २४गते


images
images

नारी नेतृत्व

हिम्मत नहारेकी सुजता

हिम्मत नहारेकी सुजता

images
  • हिम्मत नहारेकी सुजता
    images

    देवदह । दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं ८ किमु गाउँमा वि.स. २०३८ साल मंसिर १५ गते सुजता गहतराजको जन्म भयो । बुवा लालबिर सुनार र आमा चन्द्रकला सुनारका ५ सन्तान मध्ये उनी कान्छी हुन् । गहतराजका बुवा नेपालको ईतिहासमा पहिलो दलित पुलिस हवल्दार थिए । बुवा जागिरे भएकाले पनि सुजताको बाल्यकाल निकै रमाईलो र खुशियालीका साथ बित्यो । उनका ईच्छा, आकांक्षा र आवश्यकता परिपूर्तिमा कुनै कमि थिएन । बाल्यकालमा  चञ्चले स्वभावकी उनी सबैसँग छिट्टै घुलमिल हुने गर्थिन् । स्थानीय जनता माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरेकी सुजाता विद्यालयमा सञ्चालन हुने हरेक खेलमा सहभागि हुन्थिन् । खेलकुदमा बढि रुचि राख्ने उनी दौड र कराँते खेलमा सहभागी हुन्थिन् । 

    images
    images
    images

    गाउँमा पहिलो पटक भएको विरेन्द्र रनिङ्खशिल्ड प्रतियोगिता अन्तर्गत दौडमा प्रथम भएकी थिईन् । त्यतिबेला उनी कक्षा ५ मा अध्यययन गर्थिन् । २०५२ सालमा उनी झापामा भएको दुई सय मिटर राष्ट्रिय एथलेटिक्स दौडमा समेत प्रथम भईन् । त्यस्तै २०५३ सालमा क्षेत्रीय एथलेटिक्सको एक सय मिटर दौड, विरगञ्जमा भएको राष्ट्रिय दौड र २०५४ सालमा काठमाडौंमा भएको राष्ट्रिय एथलेटिक्स अन्तर्गत एक सय मिटर दौडमा द्धितिय स्थान हासिल गरिन् । 

    images
    images
    images

    पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा सहभगिताको लागि पोखरामा भएको राष्ट्रिय २ सय मिटर दौडमा उनी प्रथम भएर बंगदालेश जानका लागि नेपालबाट छनौट भएकी थिईन् । २०५५ सालमा नेपाली कांग्रेसका नेता पूर्णबहादर खड्का खेलकुद मन्त्री भएका बखत उनलाई राष्ट्रिय खेलाडीका रुपमा नियुक्ति पत्र समेत दिइएको थियो । तर सरकार फेरबदल भएसंगै खड्काले ल्याएको योजनाले निरन्तरता पाउन सकेन । न त उनी बंगलादेश खेल्नका लागि नै गइन् । बाल्यकालदेखि नै खेलकुदलाई निकै माया गर्ने उनलाई गाउँघरमा सबैले खेलाडी सुजता भनेर बोलाउँथे ।

    images
    images

    वि.सं. २०५६ सालमा १७ बर्षको कलिलो उमेरमै पाल्पा निवासी मोहन गहतराजसँग सुजाताको प्रेम विवाह भयो । उनका ससुराको दैलेखमा नै सुनचाँदी पसल भएकाले उनीहरुको परिवार दैलेख बस्दथ्यो । मोहन र सुजता एउटै विद्यालयमा पढ्दथे । कक्षा ६ मा पढ्दा देखिनै उनीहरु विचमा बसेको प्रेम कक्षा १० को प्रवेशिका परिक्षा दिएपछि दाम्पत्य जीवनमा परिणत भयो । 

    उनी विवाह बन्धनमा बाँधिएपछि उनको राष्ट्रिय खेलाडी बन्ने चाहनामा पूर्णविराम लाग्यो । उनले आफ्नो अध्ययनलाई पनि बिट मारिन् । उनले २०५७ साल भदौ २१ गते पहिलो सन्तानका रुपमा छोरालाई जन्म दिईन् । छोरा जन्मिएको दुई बर्षपछि ससुराबुवालाई सञ्चो नभएपछि दैलेखमा रहेको पसल बिक्रि गरेर उनको परिवार पाल्पामा आएर बस्न थाल्यो । 

    नारी नेतृत्व    सुजाता     (1)-min.png

    घरको काम संगसंगै आत्मनिर्भर बन्ने सोंच लिएकी सुजाताले पाल्पामा बस्दा १ बर्ष जनउत्थान सहकारी संस्थामा काम गरिन् । त्यस्तै उनले गाँउमा सञ्चालित एकबर्षे साक्षरता शिक्षा कार्यक्रममा पढाउने काम समेत गरिन् । २०६० साल भदौ २९ गते कान्छो सन्तानका रुपमा छोरीलाई जन्म दिईन् । तत्कालीन समयमा माओवादी आन्दोलनका कारण पाल्पाका बोर्डिङ् स्कुलहरु बन्द भएपछि सुजाता र उनका श्रीमान् छोराछोरी पढाउनका लागि २०६४ सालमा बुटवल झर्यो । 

    सो समयमा उनका श्रीमान्ले आफन्तको पसलमा काम गर्ने र उनले छोराछोरीलाई पढाउने गर्न थालिन् । बुटवलमा बसोबास गरेको २ बर्षमा व्यावसायिक सोँचका साथ सुजाताको परिवार देवदह आयो । २०६६ सालमा देवदह खैरेनी चोकबाट ५ लाख रुपैया लगानीमा उनीहरुले पाल्पा भैरव सुनचाँदी पसलका नामले आफ्नो व्यवसाय सुरु गरे । पाल्पा भैरव खुल्दा त्यतिबेला खैरेनीमा ४ वटा मात्र सुनचाँदी पसल थिए ।

    सानो उमेरमै प्रेम बन्धनमा बाँधिएरसँगै जीउने मर्ने कसम खाएर एक भएका सुजताको श्रीमानले लामो समयसम्म साथ दिन सकेनन् । उनका श्रीमान्को २०७२ साल माघ २ गते हृदघातका कारण निधन भयो ।  श्रीमानको मृत्युपछि एकातिर व्यवसाय सञ्चालन गर्नुपर्ने थियो भने अर्कोतर्फ आप्mना छोराछोरीको स्याहार सुसार गर्नुपर्ने दायित्व थियो । श्रीमानले व्यवसाय हेर्ने र  आफूले घर परिवार सम्हाल्ने भएकाले उनलाई त्यतिबेलासम्म व्यवासय कसरी गर्ने भन्ने जानकारी थिएन । तर पनि हिम्मतका साथ उनले श्रीमान्को विरासतलाई कायमै राखिन् । उनले श्रीमानको काजक्रीया सकेर १८ दिनबाट नै व्यवसाय सञ्चालन गरिन् । सुजता भन्छिन् ‘जीवनसाथी गुमाउँदा टुटेको मन सम्हालिएको थिएन तर पसल पनि बन्द गरेर राख्ने कुरा भएन ।’ व्यापारबारे जानकारी नभएकै कारण आँफु केही समय त पसल जाने र फर्कने मात्र गरेको उनले बताइन्  । श्रीमान्को निधनपछि कतिपयले विना प्रमाण पैसा माग्न आएको र उनीहरुलाई समेत आफुले घडेरी बेचेर १८ लाख रुपैंया तिरेको सुजताले सुनाइन् । तर आफूले प्रमाण स्वरुप पैसा माग्दा पनि नपाएको भन्दै उनी गुनासो पोख्छिन् । श्रीमान्को मृत्यु हुँदा पसलमा १५ लाख रुपैंया जतिको सामान भएपनि आफुले घडेरी बेचेर व्यवसायमा लगानी गरेको बताइन् ।

    आफूले सुनचाँदी सम्बन्धि ज्ञान नभएपनि जीविकोपार्जनका लागि व्यवसायलाई अगाडी लैजानुपर्ने भएपछि उनले पाल्पाबाट मामाको छोरालाई ल्याएर पसलमा राखिन् । त्यसपछि भने सुजातालाई व्यवसाय गर्न केही सहज भयो । मामाको छोराले करिव २ बर्षसम्म पसलमा बसेर सुजतालाई किनबेच लगायतका कारोबार सिकाएपछि उनले पनि विस्तारै काम सिक्दै गईन । त्यसपछि भने सुजताले व्यवसाय एक्लै गर्न थालिन् ।

    विद्यालय जाने छोराछोरीको रेखदेख स्याहार सुसार अनि संगसंगै व्यवसाय हेर्नुपर्दा सुरुसुरुमा उनलाई निकै गार्हो हुने गथ्र्यो । राति अबेरसम्म काम गर्ने र बिहान निकै छिटो उठ्ने गरेका सुरुवाती दिन  उनलाई आज सम्झना छ । मनमा जति नै पिडा भएपनि बाहिर निस्कदा सुजाताले आफ्नो अनुहारमा दुःख देखाइनन् । उनी भन्छिन्, ‘जतिबेला मलाई आफन्त र ईष्टमित्रको साथ आवश्यक थियो त्यो बेला मैले पाउन सकिन । दुःखमा कोही आफ्नो नहुँदो रहेछ ।’ एकल भएर व्यवसाय र घर सम्हाल्न निकै कठिन हुने उनको अनुभव छ । 

    'एक्लै छु भनेर कहिल्यै पनि हरेश खानु हुदैन । एकल महिलालाई हासेको, राम्रो लगाएर हिडेको यो समाजले हेर्नै सक्दैन, तसर्थ पनि कसैका कुराको पछि नलागि अगाडि बढ्नुपर्छ । नराम्रा र दुःखका पल विर्सिएर अगाडी बढ्ने हो भने सफलता प्राप्त गर्न सकिन्छ ।' सुजता भन्छिन, 'काम सानोहोस या ठूलो जस्तो सुकै भएपनि हरेस नखाई निरन्तर रुपमा गर्न सके एकदिन आफ्नो सपनालाई साकार पार्न सकिन्छ ।'

    पाल्पा भैरव सुनचाँदी अहिले विशाल पाल्पा भैरव सुनचाँदीको नामबाट संचालित छ । वि.सं.२०७३ सालमा पसल नविकरण गर्नेबेला पसलका कागजात केही पनि नभेटिएपछि सुजाताले विशाल पाल्पा भैरव सुनचाँदीको नाममा पसल दर्ता गरेर सञ्चालन गरिरहेकी छन् । सुनचाँदी पसलबाट अघि बढ्दै अहिले उनी एक सफल व्यवसायीको रुपमा स्थापित भईसकेकी छन् ।

    सुजाता एक्लै भएपनि उनको हिम्मत साथमा छ । दिनरात, घामपानी नभनी आफ्नो व्यवसाय र घरपरिवारलाई ध्यान दिईन । अर्काको घरमा भाडामा बस्ने सुजाताले अहिले देवदहको खैरेनीमा घडेरी किनेर घर समेत बनाएकी छन् । अहिले उनको पसलमा १ करोड ५ं० लाख भन्दा बढिको लगानी छ । विशाल पाल्पा भैरव एकल महिलाको नेतृत्वमा सञ्चालित रुपन्देहीकै पहिलो सुनचाँदी पसल रहेको सुजाताको दावी छ । उनका छोरा अहिले स्नातक तह चौथो बर्षमा अध्ययनरत छन् । छोरीले कक्षा १२ को अध्ययन सकेर ब्याचलर अफ पब्लिक हेल्थमा पूर्ण छात्रबृत्तिमा अध्ययनको लागि नाम निकालेकी छन् । अहिले उनको छोराले पनि व्यवसायमा साथ दिन थालेका छन । छोराले व्यवसायमा साथ दिने भएकाले उनी विभिन्न संघसंस्थामा आवद्ध भएर सामाजिक काममा समेत अग्रसर हुन भ्याउँछिन् । 

    सुजताको अथक प्रयास र मेहेनतले आज उनको पसलमा ३ जना कालिगढ छन् । उनले सिजनको समयमा त मासिक करिव  ३ लाख जति त कालिगडलाई दिने गर्छिन । सुजताले १५ बर्ष अघि जहाँ व्यवसाय सुरु गरेकी थिईन, उनको पसल आजपनि सोहि स्थानमा छ । 'एक्लै छु भनेर कहिल्यै पनि हरेश खानु हुदैन । एकल महिलालाई हासेको, राम्रो लगाएर हिडेको यो समाजले हेर्नै सक्दैन, तसर्थ पनि कसैका कुराको पछि नलागि अगाडि बढ्नुपर्छ । नराम्रा र दुःखका पल विर्सिएर अगाडी बढ्ने हो भने सफलता प्राप्त गर्न सकिन्छ ।' सुजता भन्छिन, 'काम सानोहोस या ठूलो जस्तो सुकै भएपनि हरेस नखाई निरन्तर रुपमा गर्न सके एकदिन आफ्नो सपनालाई साकार पार्न सकिन्छ ।'

    नोट : नारी नेतृत्व स्तम्भ देवदह नगरपालिका उपप्रमुखसंग महिला कार्यक्रम र सेतोमसीको सहकार्यमा संचालित लेखन कार्यक्रम हो  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।