Logo

२०८३, श्रावण २७गते


images
images

बालदिवसमा देवदह नगरपालिकाले वक्तृत्वकला प्रतियोगिता गर्ने

बालदिवसमा देवदह नगरपालिकाले वक्तृत्वकला प्रतियोगिता गर्ने

images
  • बालदिवसमा देवदह नगरपालिकाले वक्तृत्वकला प्रतियोगिता गर्ने
    images
    images

    देवदह । देवदह नगरपालिकाले बालदिवसमा वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । देवदह नगरपालिका र नगर बाल सञ्जालको निर्णयानुसार राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा भदौ २९ शनिबार 'बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी' शिर्षकमा वक्तृत्वकला कार्यक्रम गर्न लागेको नगरपालिकाका शिक्षा अधिकृत पर्शुराम ढकालले जानकारी दिए । 

    images
    images
    images

    "देवदह नगर क्षेत्रमा माध्यमिक तह सञ्चालित सम्पूर्ण विद्यालयहरु सहभागी हुने गरि प्रतियोगिता आयोजना गरिएको छ ।" नगर बाल संजालका फोकल पर्सन समेत रहेका  शिक्षा अधिकृत ढकालले भने, " प्रत्येक मा.वि. तह सञ्चालित विद्यालयबाट १/१ जना प्रतियोगी सहभागी हुनेछन् ।"

    images
    images
    images

    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाको लागि क्रमशः रु. १० हजार, सात हजार, पाँच हजार र दुई हजार नगदसहित प्रमाणपत्र उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । 
     
    सहभागी सम्पूर्ण विद्यार्थीलाई सहभागीताको प्रमाणपत्र र यातायात खर्च समेत नगरपालिकाले उपलब्ध गराउने छ । 

    images
    images
    images

    प्रतियोगितामा सहभागीताको लागि शनिबार बिहान ९ बजेसम्म नाम दर्ता गराउन सकिने व्यवस्था मिलाइएको  छ । 

    ५२ वटा शिक्षण संस्था रहेको देवदह नगरपालिका क्षेत्रभित्र मावि तहको अध्यापन हुने विद्यालयको संख्या २७ रहेको छ । 
     
    साथै सोही दिन बिहान ७ बजे यशोधरा बाल उद्यान, देवदह-७ मा सरसफाई र पुष्परोपण कार्यक्रम तय गरिएको शिक्षा शाखाले जनाएको छ 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।