Logo

२०८३, कार्तिक २७गते


images
images

विराटनगर किंग्ससँग हारेपछि प्लेअफको दौडबाट बाहिरियो पोखरा

विराटनगर किंग्ससँग हारेपछि प्लेअफको दौडबाट बाहिरियो पोखरा

images
  • विराटनगर किंग्ससँग हारेपछि प्लेअफको दौडबाट बाहिरियो पोखरा
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा विराटनगर किंग्ससँग पोखरा एभेन्जर्स ४ विकेटले पराजित भएको छ ।

    images
    images
    images

    हारसँगै पोखरा एभेन्जर्स प्लेअफको दौडबाट बाहिरिने पहिलो टिम बनेको छ । 

    images
    images
    images

    ६ खेलमा ५ हारसहित पोखराको केवल २ अंक रहेको छ भने विराटनगर किंग्सको ६ खेलमा ६ अंक भएको छ । 

    images
    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रन बनाउँदै अलआउट भएको थियो ।   पोखराले दिएको १३३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर किंग्सले १९.२ ओभरमा ६ विकेटको क्षतिमा १३६ रनसहित लक्ष्य पूरा गरेको हो।  

    विराटनगर किंग्सका लागि ओपनर ब्याटर वसिर अहमदले सर्वाधिक ३७ रन बनाए । उनले ३९ बलमा समान २ चौका र २ छक्का प्रहार गरे। ओपनर लोकेश बमले ३३ नर बनाए। अर्का ओपनर इम्रान शेखले १० रनमात्रै बनाए। चारिथ आशलंका डकआउट हुँदा एन्जेलो म्याथ्यूस ८ रनमा क्याच भए ।  

    सेहान जयसुरिया १७ र इसुरु उडाना २५ रनमा अविजित रहे। पोखरा एभेन्जर्सका लागि बलिङतर्फ, रमेश मेन्डिस र कुशल भुर्तेलले समान २-२ विकेट लिँदा विपिन खत्री र धनन्जय लक्सले १-१ विकेट लिए । 

    त्यसअघि पहिलो इनिङ्समा पोखराको ब्याटिङ सन्दीपको घातक बलिङमा धरापमा पर्यो। सन्दीपको किफायती बलिङले पोखरा १३२ मा समेटिएको थियो । 

    पोखराका लागि ओपनर युवराज सम्राले सर्वाधिक ८४ रन बनाए । उनले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । 

    शीर्ष क्रमका अन्य ३ ब्याटर दोहोरो अंक नबनाई पेभेलियन फर्किए । त्यस्तै, सन्नी विकले १२ रन र धनन्जय लक्सनले २२ रन बनाए। रमेश मेन्डिस, कप्तान चमिका करुणारत्ने र किरण ठगुन्ना डक आउट भए। 

    विराटनगरका कप्तान समेत रहेका सन्दीपले ४ ओभरमा २७ रन दिएर ह्याट्रिकसहित ६ विकेट लिएका थिए । 

    यो जितपछि विराटनगरको ६ खेलमा ६ अंक भएको छ र चौथो स्थानमा  पुगेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।