देवदह । देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले महिलाहरुलाई वित्तिय साक्षरता प्रदान गरी उद्यमशिलतासंग जोड्न आवश्यक रहेको बताएकी छन् । उनले सहकारीले महिलाहरुलाई उद्यमी बनाउन सकेमात्र देश आर्थिक रुपले सवल बन्नेमा जोड दिइन् ।
नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा कोलिय देवदह साकोसद्धारा शनिवार देवदहमा आयोजित दिदीवहिनी क्लब स्तरीय तीजगीत प्रतियोगिताको उद्घाटन गर्दै उनले सहकारीहरुले संचालन गरेको तालिम व्यवहारीक हुन आवश्यक रहेको बताइन् ।
उपप्रमुख गुरुङ्गले सहकारीहरुले महिला सदस्यलाई शसक्त बनाई आयमुलक क्षेत्रसंग जोडनु पर्ने अैंल्याईन । पछिल्लो समय मौलिकता हराउदै गएको तर्फ इङ्कीत गर्दै उनले चाडपर्वलाई संस्कार र संस्कृति संरक्षण गर्ने गरी मनाउन आग्रह समेत गरिन् ।
साकोसका जेष्ठ सदस्य ताराप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तुलसीराम शर्मा, पुर्वअध्यक्ष भिमप्रसाद गुरुङ्ग लगायतले बोलेका थिए । साकोसद्धारा गठित ९३ वटा दिदीवहिनी क्लव मध्ये २९ टोली सहभागी प्रतियोगितामा कोलुवा दिदीवहिनी क्लव प्रथम, सिद्धिविनायक दिदीवहिनी क्लव द्धितिय, प्रदीपनगर दिदीवहिनी क्लव तृतिय र मेलमिलाप दिदीवहिनी क्लबले सान्त्वना स्थान हासील गरे ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमशः १५ हजार, १२ हजार, ९ हजार र ५ हजार रुपैंया प्राप्त गरे । प्रतियोगितामा सहभागीता जनाएका प्रत्येक दिदीवहिनी क्लबलाई नगद २/२ हजार प्रदान गरिएको संस्थाका व्यवस्थापक विनोद पराजुलीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology