Logo

२०८३, श्रावण २७गते


images
images

नगरपालिकालाई नागरिक समाजको ज्ञापन पत्र : पाप र धर्मको ख्याल गरेर भ्रष्टाचार रोकौं

नगरपालिकालाई नागरिक समाजको ज्ञापन पत्र : पाप र धर्मको ख्याल गरेर भ्रष्टाचार रोकौं

images
  • नगरपालिकालाई नागरिक समाजको ज्ञापन पत्र : पाप र धर्मको ख्याल गरेर भ्रष्टाचार रोकौं
    images
    images

    देवदह । रूपन्देही नागरिक समाज देवदह इकाईले देवदह नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार नगर कार्यपालिकाको कार्यालय पुगेका नागरिक समाजका पदाधिकारीले नगर प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई संयुक्त रूपमा ज्ञापन पत्र बुझाउँदै देवदहको शिक्षा, स्वास्थ्य, पुर्वाधार र सुशासन लगायतका विषयमा ध्यानाकर्षण भएको जनाए । 

    images
    images
    images

    ज्ञापन पत्र बुझाउँदै नागरिक समाज देवदहका अध्यक्ष जयकिशन अधिकारीले देवदह नगर अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गत निःशुल्क उपलब्ध हुनुपर्ने औषधिसमेत उपलब्ध नभएको, विद्यालय तहसम्म निःशुल्क उपलब्ध हुनुपर्ने शिक्षामा अङ्ग्रेजी माध्यमको बहानामा शुल्क लिइएको र जनप्रतिनिधि तथा कर्मचारीले आर्थिक सुशासन कायम राख्न नसकेको बताए । 

    images
    images
    images

    "नागरिकका आधारभूत आवश्यकता पूर्ति नहुने अवस्था एकातिर छ भने अर्कोतर्फ जनप्रतिनिधि र कर्मचारीले आर्थिक सुशासनको विपरित हुनेगरी तलबभत्ता लिने गरेको जनगुनासो आएको छ ।"  ज्ञापन पत्रमा लेखिएको छ, "आधारभूत स्वास्थ्य सेवा र विद्यालय तहसम्मको निःशुल्क शिक्षा प्राप्त गर्न पाउने नागरिकहरूको मौलिक हकको अविलम्ब प्रत्याभूति गराउनको लागि स्थानीय सरकारको रुपमा रहेको देवदह नगरपालिकासँग नागरिक समाजले जोडदार रुपमा माग गर्दछ।"

    images
    images
    images

    कम्तिमा 'पाप र धर्मको ख्याल गरेर' नीतिगत भ्रष्टाचारमा रोक लगाउने ठोस कदम  चाल्न र नगरपालिकाको अभिभावकीय भूमिका पुरा गर्न अनुरोध गर्दै नागरिक समाजले कठोर कदमबिना संवादका माध्यमबाट नै समस्याको समाधान हुनेमा आफूहरू विश्वस्त रहेको जनाएको छ । 

    ज्ञापन पत्र बुझ्दै नगर प्रमुख खरेलले नागरिकको शिक्षा, स्वास्थ्य र नगरपालिकाको आर्थिक सुशासनको सवालमा नगरपालिकाले सुधार गर्दै गएको  बताए । उनले नगरपालिकाको आफ्नो क्षेत्राधिकारभित्रको विषयमा तुरुन्तै र प्रदेश तथा केन्द्रसँग जोडिएका विषयमासमेत समस्या समाधान गर्न नगरपालिकाले आवश्यक पहल गर्दै आएको बताए । सबैको सहयोगमा मात्रै नगरपालिकाले काम गर्न सक्ने उल्लेख गर्दै प्रमुख खरेलले सबैलाई साथमा लिएर देवदहको विकास गर्नुपर्छ भन्नेमा नगरपालिका स्पष्ट गरेको बताए ।  

    नागरिक समाजले उठाएका मुख्य मुद्धाहरू :

    • आर्थिक सुशासन कायम गर्न
    • नगर अस्पतालको भवन निर्माण गर्न
    • नगर अस्पतालमा औषधिको व्यवस्था गर्न
    • विद्यालय शिक्षा निशुल्क गर्न 
    • कक्षा ११ र १२ का कक्षा दिवा र बिहानी दुवै समयमा सञ्चालनको व्यवस्था गर्न
    • देवदह ४ भवानीपुरमा विद्यालयले विक्री गरेको जग्गामा बनेका घर टहरा हटाउन जारी गरिएको ३५ दिने सूचनाबारे प्रष्ट पार्न
    • कोशेली भवनको उपयोग गर्न
    • सरकारी लगानी साझेदारीमा बनेका अन्य भवनहरूको तथ्यांक निकाली व्यवस्थापन गर्न
    • सुकुमबासी समस्याको समाधान गर्न 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।