Logo

२०८३, श्रावण २७गते


images
images

देवदह- ५ बालमैत्री वडा घोषणा हुँदै

देवदह- ५ बालमैत्री वडा घोषणा हुँदै

images
  • देवदह- ५ बालमैत्री वडा घोषणा हुँदै
    images
    images

    देवदह । देवदह नगरपालिकाको वडा नं ५  बालमैत्री वडा घोषणा हुने भएको छ । अनुगमनपश्चात जिल्ला समन्वय समितिले बालमैत्री वडा घोषणा गर्न सहमति दिएपछि वडा नं ५ देवदहको पहिलो बालमैत्री वडा हुने भएको हो । 

    images
    images
    images

    बुधबार जिल्ला समन्वय समितिले देवदह नगरपालिकालाई पत्र लेख्दै समितिको मंगलबार बसेको बैठकले जिल्लास्तरीय अनुगमन समितिबाट प्राप्त अनुगमन प्रतिवेदन अनुसार बालमैत्री स्थानीय वडा घोषणाका लागी आवश्यक सूचकहरु पुरा भएको देखिएकोले देवदह-५ लाई बालमैत्री वडा घोषणा गर्न सहमति दिइएको जनाएको छ । 

    images
    images
    images

    जिल्लाको पत्र प्राप्त भएसंगै असार ३१ गते बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएको देवदह नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रेले जानकारी दिए । "बालमैत्री वडा घोषणा गर्न दुई वर्ष अघिदेखि नै तयारी गरिएको हो । २०८० फाल्गुन २ गते नै बालमैत्री घोषणा गर्ने गरि वडाले तयारी गरेको भएपनि अनुगमनमा ढिलाई भएका कारण तोकिएको समयमा घोषणा गर्न सकिएन ।"  वडा अध्यक्ष डुम्रेले भने, "अब भने सबै प्रक्रिया पुरा गरेर जिल्लाबाट पनि सहमति प्राप्त भएको छ । असार ३० गते औपचारिक समारोहबीच बालमैत्री वडा घोषणा गरिन्छ ।"

    images
    images
    images

    देवदह नगरपालिकाले बालमैत्री नगर घोषणाको लागि सबै वडालाई बालमैत्री बनाउने योजना अनुरुप यो आर्थिक वर्षमा वडा नं ५ र १० लाई बालमैत्री बनाउने लक्ष्य लिएको थियो ।  

    २०८२ सम्म सबै वडालाई बालमैत्री वडा घोषणा गरेर देवदहलाई बालमैत्री नगर घोषणा गर्ने तयारीमा अघि बढेको देवदह नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा वडा नं ६, ७, ८  र ९  लाई बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।