देवदह । देवदह नगरपालिकाका निवर्तमान नगरप्रमुख हिरा बहादुर खत्रीले देवदह नगरपालिकाले कृषि क्षेत्रलाई उपेक्षा गरेको बताएका छन् । २१औं धान दिवसको अवसरमा शिव गङ्गा डेरी उद्योगले शनिबार भलुहीमा आयोजना गरेको रोपाईं कार्यक्रममा बोल्दै केसीले कृषिलाई उपेक्षा गरेर गरिने पूर्वाधार निर्माणको अर्थ नहुने बताए ।
नगरपालिकाको एक अर्व पचास लाख बढीको बजेटमा कृषि र पशु विकास क्षेत्रमा मात्रै ८० लाखको हाराहारीमा बजेट विनियोजन गरेकोले यसले कृषिमा केही पनि हुन नसक्ने दावी गरे । वितरणमुखी बजेट ल्याइएको आरोप लगाउंदै खत्रीले ठोस कार्ययोजना विना खर्च हुने बजेटले प्रतिफल नदिने विचार व्यक्त गरे ।
कृषि क्षेत्रमा विस्तारै र योजनाबद्ध विकास गर्न नगरपालिकाका बहालवाला जनप्रतिनिधिलाई आग्रह गर्दै केसीले कृषि, पशुपालन र पर्यटनको विकास विना गरिएका अन्य विकासको दिगोपन नहुने धारणा राखे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology