Logo

२०८३, श्रावण २७गते


images
images

एसइई परीक्षा

एसइईमा देवदहको नतिजा ४७.४९ प्रतिशत, कुन विद्यालयबाट कति विद्यार्थी पास ?

एसइईमा देवदहको नतिजा ४७.४९ प्रतिशत, कुन विद्यालयबाट कति विद्यार्थी पास ?

images
  • एसइईमा देवदहको नतिजा ४७.४९ प्रतिशत, कुन विद्यालयबाट कति विद्यार्थी पास ?
    images
    images

    देवदह । बिहिबार प्रकाशित यस बर्षको विद्यालय शिक्षा परीक्षा (एसइई) परिक्षामा रूपन्देहीको देवदह नगरपालिकाबाट ४७.४९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । देवदहबाट परिक्षामा सहभागी भएका कुल १ हजार २ सय ७८ विद्यार्थीमध्ये सामुदायिक र संस्थागत तर्फबाट गरि ६ सय ७ जना विद्यार्थी उत्तिर्ण भएका हुन् ।

    images
    images
    images

    सामुदायिक विद्यालय तर्फ १३ र संस्थागत विद्यालय तर्फ १२ गरि गरि जम्मा २५ विद्यालयले सहभागिता जनाएको एसइई २०८० मा विद्यार्थी प्रतिशतका आधारमा सामुदायिक विद्यालयभन्दा संस्थागत विद्यालयको प्रतिशत केहि बढि देखिएको छ ।

    images
    images
    images

    सामुदायिक विद्यालय तर्फ केरवानी मावि देवदह ५ ले सबैभन्दा बढि विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । केरवानीबाट साधारण तर्फ ६०.८६ प्रतिशत र प्राविधिक तर्फ २७.०२ प्रतिशत विद्यार्थी उत्तिणर् भएका हुन् । केरवानीबाट कुल १२९ जना विद्यार्थी परिक्षामा सहभागि भएकोमा ६६ जना विद्यार्थी उत्तिर्ण भएका हुन् । केरवानीको साधारण तर्फ बाहेक देवदहका सबै सामुदायिक विद्यायलयको उत्तिणर् प्रतिशत ५० भन्दा कम रहेको पाईएको छ । जस अन्तर्गत ज्ञानज्योती मावि टटेराको ४४.४४ प्रतिशत,  महामाया भवानी माविको ४३.६३ प्रतिशत, युगज्योति माविको ३७.५ प्रतिशत र जनता माविबाट ३५.८९ प्रतिशत विद्यार्थी उत्तिणर् भएका छन् ।

    images
    images
    images

    त्यस्तै देवदह माविबाट ३५.५२ प्रतिशत, सरस्वती माविबाट २९.७९ प्रतिशत, जनप्रिय माविबाट २३.८० प्रतिशत र भविष्य निर्माण माविका २२.२२ प्रतिशत विद्यार्थी उत्तीर्ण छन् । यसैगरि सिता मावि चरंगेको २१.४२ प्रतिशत, सिक्टहन माविको १८.७५ उत्तीर्ण, खड्ग मावि विर्ताको १७.०२ प्रतिशत र प्रगति माविबाट १५.३८ विद्यार्थी उत्तीर्ण भएका छन् ।

    यस्तै सरस्वती मावि राजावारीबाट १४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जनता माविबाट १४ जना विद्यार्थीले एसइइ उत्तिर्ण गरेका छन् । त्यस्तै ज्ञानज्योती मावि टटेराबाट १८ जना विद्यार्थीले एसइइ उत्तीर्ण गरेका छन् ।

    यता महामाया भवानी माविबाट ५५ जना विद्यार्थी परिक्षामा सम्मिलित भएकोमा २४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै खड्ग मावि बिर्ताबाट परिक्षामा सम्मिलितमध्ये ८ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

    संस्थागत विद्यालयतर्फ मदरल्याण्ड एकेडेमी टटेराबाट ९३.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । मदरल्याण्डबाट परिक्षामा सहभागी १६ मध्ये १५ विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै नारायणी पब्लिक हाईस्कूल बिर्ताले ९३.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएकोछ । नारायणीबाट परिक्षामा सहभागि १५ मध्ये १४ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।

    देवदह नगरपालिका शिक्षा शाखाको तथ्याङ्क अनुसार देवदह इङ्ग्लिस बोर्डिङ हाई स्कुल देवदह ७ बाट ९२.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । देवदहका कुल ५७ मध्ये ५३ विद्यार्थी उत्तीर्ण भएका छन् ।  यस्तै न्यू नमुना इङ्ग्लिस बोर्डिङ स्कूलबाट ९२.१० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नमुनाबाट परिक्षामा सहभागि भएका ३८ मध्ये ३५ विद्यार्थी उत्तीर्ण भएका छन् ।

    यसैगरि सगरमाथा आवासिय उच्च माविबाट ८६.५१ प्रतिशत, ग्रिनप्लान्ट आवासिय माविबाट ७२.०९ प्रतिशत, देवदह बुद्धपब्लिक इङ्ग्लिस बोर्डिङ हाईस्कूलबाट ६८.४२ प्रतिशत, कोलिय इङ्ग्लिस बोर्डिङ स्कूल चरंगेबाट ५७.६९ प्रतिशत, देवदह मदरटंगस एकेडेमीबाट ५५.८८ प्रतिशत र सेभेन स्टार इङ्ग्लिस बोर्डिङ स्कूलबाट ५२.०८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै एसियन लाईट ई बो. स्कूलबाट ४०.६२ प्रतिशत र न्यू लुम्बिनी इङ्ग्लिस बोर्डिङ स्कूल देवदह ५ बाट ३१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

    देवदहको समग्र नतिजा हेर्दा संस्थागततर्फ केहि विद्यालयको नतिजा राम्रो देखिएपनि सामुदायिक विद्यालयको नतिजाले निराश बनाएको नगर शिक्षा अधिकृत परशुराम ढकालले बताए ।

    गत चैतमा भएको परीक्षामा देशभरबाट कुल ४ लाख ६४ हजार ७ सय ८५ जना विद्यार्थीले एसईई परिक्षामा सहभागिता जनाएका थिए । जसमध्ये २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थी अनुत्तीणर् भएका छन् । दुई विषयमा अनुत्तीणर् हुने विद्यार्थीले साउन १८ र १९ गते पुरक परीक्षा दिन पाउने भएका छन् । यो वर्ष १ लाख १५ हजार ८३४ जना विद्यार्थीले पुरक परीक्षा दिन पाउनेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसइई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।