बुटवल । १०१ महिना निरन्तर, कैयौं पार्टीका कार्यकर्ताले नेपाल बन्द गरे । कैयौं चुनाव आए, गए । यहि क्रममा कोरोना संक्रमणले प्रहार गरिनै रह्यो । हिउँदको ठण्डिले छोएन । बर्षातको भेलले भुलाएन । निरन्तर र निरन्तर अगाडि बढी रह्यो । नेपाल स्वयंसेवी रक्तदाता समाजको नियमित रक्तदानको शृङ्खला ।
शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखा स्थापना भएकाे १०१ महिना पूरा भयो । संगै उक्त समाजले नियमित रुपमा गर्दै आएको रक्तदानको शृङ्खलाले समेत १०१ महिना नै पूरा गरेको छ । समाजका केन्द्रिय सदस्य एवं रुपन्देही शाखा अध्यक्ष कृष्ण चौहानले यसक्रममा मानवीय कार्यमा निरन्तर सहयाेग गर्ने समाजका आजीवन सदस्य, रक्त सञ्चार केन्द्रका प्राविधिक लगायत कर्मचारी र स्वयंसेवी रक्तदाताहरुलाई समाजका अध्यक्ष चौहानले धन्यवाद ज्ञापन गरेकाछन । 
यो क्रममा हजाराैं स्वयंसेवी रक्तदाता संगठित र २० हजारभन्दा धेरै रगत तथा रक्ततत्त्व हस्तान्तरण गरिएको अध्यक्ष चौहान बताउछन् । १०१ महिना पहिले सुरुको दिन ६५ जना रक्तदाताबाट रगत संकलन गरेर सुरु गरिएको उक्त अभियानले शनिबार १०१ महिना पूरा गर्दै गर्दा बुटवल र देवदहमा गरि एकैदिन १५३ जना स्वयंसेवीले रक्तदान गरेका छन् ।
छोटो समय मै रगत नपाए बुटवल जानू भन्ने नारा स्थापित गर्न सफल स्वयंसेवी रक्तदाता समाजले नेपाल बन्द, कोरोनाकालको लकडाउन तथा हिउँद बर्षात हरेक समयमा रक्तअभाव पुर्ति गर्न खटिने स्वयंसेवी रक्तदाता समाज धन्यवादको पात्र भएको रुपन्देहीका आम नागरिकहरु बताउँछन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology