देवदह । बुद्ध पब्लिक आवासीय मा.वि .देवदह ५ ले आज शिक्षक र अभिभावक बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
विध्यालयले आज कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीका अभिभावक र शिक्षक बिच अन्तरक्रिया गरेको हो ।
विद्यार्थीहरुको शैक्षिक सुधारका साथै देवदह नगरपालिकाले लिने विभिन्न परिक्षा र राष्ट्रिय परिक्षा बोर्डले लिने परिक्षाको बारेमा कसरी उत्कृष्ट नतिजा ल्याउन सकिन्छ भन्नेबारेमा १ सय ३० जना अभिभावक बिच गहन छलफल भएको प्राचार्य कृष्ण गैरेले बताए ।
सो अवसरमा शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक भुमिका बाट मात्रै शैक्षणिक उपलब्धी हासिल हुन सक्ने कुरामा सबैको एक्यवद्धता बनेको समेत प्राचार्य गैरेले जानकारी गराए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology