Logo

२०८३, आश्विन ९गते


images
images

बौद्ध इतिहास

बुद्ध बचन र बौद्ध संगायना

बुद्ध बचन र बौद्ध संगायना

images
  • बुद्ध बचन र बौद्ध संगायना
    images
    images

    घरबार त्यागेर ज्ञानको खोजीमा निस्कनु भएका सिद्धार्थलाई ६ वर्षको तपस्यापछि वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व अर्थात ज्ञान प्राप्त भएको थियो । ३५ वर्षका सिद्धार्थलाई बुद्धत्व प्राप्ति भएपछि उहाँ बुद्धका रुपमा प्रसिद्ध हुनु भयो । बुद्धले ३६ वर्षको उमेरमा पञ्चशीलको उपदेश दिनु  भएको थियो । चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु भन्ने बुद्धको उपदेश पञ्चशीलको उपदेशको रुपमा प्रशिद्ध छ । बुद्धले संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषयमा उपदेश दिनु भएको छ । बुद्धको उपदेशमा रहेको आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि लगायतका विषय प्रशिद्ध छ । भारतकको बोधगयामा बुद्धत्व प्राप्त गरी सारनाथमा पाँचजना भिक्षुलाई उपदेश दिएपछि बौद्ध उपदेशका कारणले छुट्टै बौद्ध दर्शन मान्न थालिएको थियो । सिद्धार्थ गौतमको बृद्धत्वप्राप्तिदेखि महापरिनिर्वाणसम्म बहुजन हिताय र बहुजन सुखायका लागि देशदेशान्तर पुगेर प्रदान गर्नु भएको महत्त्वपूर्ण ज्ञान नै वुद्ध वचन हो ।

    images
    images
    images

    हितमपि च बहुजन सुखञ्च चरन्तीति बहुजना समानसुखदुक्खा
    हुत्वा तस्मिं जनपदे अञ्मञ्स्स हितञ्चेव सुखञ्च चरन्ति ।

    images
    images
    images

    बुद्ध वचन धर्मचक्र प्रवर्तनबाट शुरु भएको हो । बुद्ध वचन अन्तर्गत सुत्र पिटक, विनय पिटक र अभिधम्म पिटक पर्दछन् । बुद्धले प्रदान गर्नु भएको उपदेशहरू सङ्ग्रह गरिएका अधिकारिक एवं प्रमाणित बौद्ध ग्रन्थ त्रिपिटक हो । देवदहमा पनि बुद्धले ज्ञान प्रदान गर्नु भएको थियो । देवदहमा बुद्धले प्रदान गर्नु भएको ज्ञानको प्रमाणिक तथ्य त्रिपिटक नै हो । त्रिपिटक भगवान बुद्धले दिनु भएको दिव्य वचनहरूको सङग्रह हो । 

    images
    images
    images

    बुद्धले दिनु भएको ज्ञान अहिलेसम्म कसरी सुरक्षित भयो भन्ने जिज्ञासा धेरैसँग हुनु स्वाभाविक हो । बुद्धको महापरिनिर्वाणपछि बुद्ध वचनलाई संरक्षणमा बौद्ध संगायनाको निकै ठूलो भूमिका छ ।

    बौद्ध संगायना

    बुद्धको महापरिनिर्वाणपछि बुद्ध वचनलाई उहाँका शिष्यहरूले विभिन्न ठाउँमा बौद्ध ज्ञान प्रदान गर्दै हिडेका थिए । शिष्यहरूले प्रदान गरेको ज्ञान सही छ कि छैन भनी सामुहिक रुपमा जाँच्न र प्रमाणित गर्न त्यसबेला ज्ञान प्रदान गर्ने भिक्षुहरू भेला भई सबैले सँगसँगै बुद्धको ज्ञानलाई लयात्मक शैलीमा वाचन गरिन्थ्यो । यसरी भिक्षुहरुले सँगसँगै बौद्ध ज्ञान वाचन गर्ने र बुद्धवचनलाई प्रमाणिक बनाउने कार्य नै संगायना थियो । बौद्ध संगायनाहरूबाट नै बुद्धका उपदेशहरू सुरक्षित गरिएका हुन् । बुद्धका उपदेशहरूलाई सुत्र पिटक, विनय पिटक र अभिधर्म पिटक गरि तीन भागमा विभाजित गरिएको छ । बौद्ध धर्मको पवित्र धर्मग्रन्थलाई त्रिपिटक भनिन्छ । यही त्रिपटकका कारण बौद्ध चार धामको महत्त्व भएको हो । देवदहको परिचर्चा पनि त्रिपिटकमा नै भएको छ । बुद्धका जीवनकालमा बुद्धले दिएका उपदेशहरू लिपिबद्ध भएका थिएनन् । 

    प्रथम संगायना

    बुद्धका उपदेशहरूलाई सुरक्षित राख्न बुद्ध महापरिनिर्वाण भएको तिन महिना पछि मगधका राजा अजातशत्रुको संरक्षकत्वमा प्रथम बौद्ध संगायना आयोजना गरियो । भारतको राजगृहस्थित सप्तपर्णी गुफामा भिक्षु महाकाश्यप महास्थविरको नेतृत्वमा पाँचसय अर्हत भिक्षुहरूको सहभागितामा सात महिना लगाएर प्रथम बौद्ध संगायना भएको थियो । यस संगायनामा बुद्ध वचनको सूत्र र विनय संगायना भयो ।  

    दोस्रो संगायना

    प्रथम संगायनाको सय वर्षपछि भारतको बैशालीमा दोस्रो संगायना सम्पन्न भयो । यस संगायनापश्चात बौद्ध निकाय स्थवीरवाद र महासांघीक गरि दुई खण्डमा विभाजित भयो । अहिले पनि बौद्ध दर्शनमा स्पस्ट रुपमा थेरावादी र महायानी गरी दुई समूह रहेको पाइन्छ ।

    तेस्रो संगायना

    बुद्ध महापरिनिर्वाण भएको २३६ वर्षपश्चात भारतको पाटलीपुत्रस्थित अशोकराम विहारमा सम्राट अशोकको संरक्षण र भिक्षु मोगली पुत्र निस्स महास्थविरको नेतृत्वमा बुद्धवचनमा पारंगत एक हजार भिक्षुहरूको सहभागितामा नौ महिना लगाएर तेश्रो संगायना सम्पन्न भएको थियो । यस संगायनाबाट अभिधर्म पिटक संरक्षित भयो । 

    चौँथो संगायना

    भगवान बुद्धको महापरिनिर्माण भएको ४५४ वर्ष पछि श्रीलंकाको आलोक विहारमा त्यहाँका राजा बट्ट गामीणी अभयको संरक्षकत्व एवं महाथेर रक्खित महास्थविरको नेतृत्वमा पाँच सयजना भिक्षुहरूको सहभागितामा चतुर्थ संगायना भएको थियो । यस अघि गुरुशिष्य परम्परा अनुसार त्रिपिटकलाई कण्ठस्थ गरि रक्षा गर्ने गरिन्थ्यो भने चौँथो संगायनाबाट पहिलो पटक त्रिपिटकलाई ताड पत्रमा लिपिबद्ध गरियो, यो संगायनालाई ‘पुस्तिका रोपन संगीति’ पनि भन्ने गरेको पाइन्छ । 

    पाँचौँ संगायना

    इ.स. १८७१ मा बर्माको माण्डले शहरमा त्यहाँका राजा मिण्डोनको संरक्षण एवं भद्धन्त जागर महास्थविरको नेतृत्वमा २४०० भिक्षुहरूको सहभागितामा पाँचौ संगायना भएको थियो । यस संगायनाबाट त्रिपिटकलाई सिंगमरमरमा कुदिँएको थियो । यसैले यो संगायनालाई ‘शिला क्षरारोपन संगित’ पनि भन्ने गरिन्छ । 

    छैठौँ संगायना

    इ.स. १९५४ मा बर्माको रङ्गुनस्थित गुफामा त्यहाँका राष्ट्रपति बाऊको संरक्षण एवं भिक्षु रेवत महास्थविरको नेतृत्वमा छैठौँ संगायना सम्पन्न भएको थियो । जहाँ संसारभरका २५०० भिक्षुहरूको सहभागिता रहेको थियो । यस संगायनाले त्रिपिटकलाई विभिन्न भाषामा संरक्षण गर्नुका साथै त्रिपिटकलाई डिजिटलाइज गरेको थियो ।

    यसरी विभिन्न देशमा भएका संगायनाहरूले बुद्धका उपदेशलाई लिखित रूपमा सङ्ग्रहित गर्नुका साथै बौद्ध धर्मको ग्रन्थलाई विश्वसनीय बनाएको छ । बौद्ध ज्ञान संरक्षण गर्ने सन्दर्भमा नेपालमा पनि बौद्ध संगायना हुन सकेमा बुद्धको जन्मस्थलको गरिमा अझ बृद्धि हुने थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बौद्ध इतिहास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।