सेतोमसी लोकसेवा विशेष - अध्याय ३० (नोट : सहि जवाफमा * चिन्ह लगाईएको छ ।)
१. सबैभन्दा बढी नगरपालिका भएको जिल्ला कुन हो ?
क. रौतहट *
ख. रुपन्देही
ग. काठमान्डौ
घ. गुल्मी
२. राष्ट्रिय परिचयपत्र कुन जिल्लाबाट बितरण गर्न सुरु भएको हो ?
क. गुल्मी
ख. कपिलबस्तु
ग. पांचथर *
घ. रुकुम पुर्व
३. नेपालको संबिधान २०७२ अनुसार कति वटा मौलिक हक रहेका छन् ?
क. १६ वटा
ख. ३३ वटा
ग. १९ वटा
घ. ३१ वटा *
४. नेपालको पहिलो जलविद्युत कुन हो ?
क. फर्पिंङ जलविद्युत *
ख. माई खोला जलविद्युत
ग. कालिगण्डकी जलविद्युत
घ. सुन्दरीजल जलविद्युत
५. भारतसंग बिप्पा सम्झौता हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
क. केपि शर्मा ओली
ख. शेर बहादुर देउवा
ग. पुष्पकमल दाहाल 'प्रचण्ड'
घ. डा. बाबुराम भट्टराई *
६. विश्व प्रेस स्वतन्त्रता २०२३ को सूचांक अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
क. ९० औँ
ख. ९५ औँ *
ग. १०६ औँ
घ. ११० औँ
७. ईतिहास शिरोमणी भनेर कसलाई चिनिन्छ ?
क. लेखनाथ पौड्याल
ख. लक्ष्मी प्रसाद देवकोटा
ग. माधव प्रसाद घिमिरे
घ. बाबुराम आचार्य *
८. पाकिस्तानको नयाँ प्रधानमन्त्री को नियुक्त भएका छन् ?
क. नवाज सराफ
ख. सहवाज सरिफ *
ग. परवेश मुसरेश
घ. ईमरान खान
९. इन्डियन आइडल -१४ को बिजेता को बन्यो ?
क. मेनुका पौडेल
ख. प्रशान्त तामांग
ग. बैभव गुप्ता *
घ. हेमन्त केसी
१०. अध्यागमन विभागद्वारा ई-भिसाको शुभारम्भ कहिले भयो ?
क. २०८०/१०/२३
ख. २०८०/१०/२४
ग. २०८०/१०/२५
घ. २०८०/१०/२६ *
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology