२०८० पौष २३ गतेदेखि माघ ०८ गतेसम्म कपिलवस्तु जिल्लाको सगरहवा ताल नजिकै लुम्बिनी विकास कोषको मुख्य आयोजनामा कपिलबस्तु राष्ट्रिय मुर्तिकला २०८० सञ्चालन भएको खबर सञ्चारमाध्यमहरूमा देखाप¥यो । ड्रिम देवदहको परिकल्पना अनुसार देवदहमासमेत यसपूर्व काष्ठकला र मुर्तिकला कार्यशालाहरू सम्पन्न भइसकेका छन् । देवदहमा भएका मूर्तिकला कार्यशालाका मात्र नभएर कपिलबस्तु राष्ट्रिय मुर्तिकलाका परिकल्पनाकार पनि सिद्धिचरण भट्टराई हुन् । हाल लुम्बिनी विकास कोषका कोषाध्यक्ष रहेका सिद्धिचरण भट्टराईको विचारमा मूर्तिकलाले एउटा विम्बमार्फत विचार, दर्शन, संस्कृति र कलालाई एकदेखि अर्को पुस्तामा हस्तान्तरण गर्दछ । यसर्थ मूर्तिकला ज्ञान प्रसार गर्ने महत्वपूर्ण माध्यम हो ।

लुम्बिनी विकास कोषको मुख्य आयोजना तथा दजनौँ संस्थाको सहकार्यमा सम्पन्न भएको कपिलबस्तु राष्ट्रिय मुर्तिकलामा निर्माण भएका कलात्मक मुर्तिहरूले आम व्यक्तिलाईसमेत विडुडभ तथा सग्रहवा घटनाको परिकल्पनामा डुबाउँछ । करिव ६० लाखमा निर्माण भएका १८ सग्रहवा प्रस्तरकलाले मानिसलाई लामो समयसम्म जीवन्त कथा र सन्देश प्रदान गरिरहने निश्चित छ । साथै नजिकै रहेको जगदिशपुर तालको पर्यटनलाईसमेत अझ बृद्धि गर्नेछ । सग्रहवा प्रस्तरकलाले आगामी दिनमा बौद्ध इतिहास बुझ्न आम मानिसहरूलाई आह्वान गरिरहेको छ । सग्रहवा प्रस्तरकलामा रहेका मूर्ति साहित्यले जीवन र जगतलाई सम्बोधन गरिरहेको पाइन्छ । सग्रहवाको प्रस्तरकलामा उभिँदा आवाज नसुनिए पनि मूर्तिसँग हुने मौन संबादले व्यक्तिलाई शान्त बनाउँछ ।
कपिलबस्तुको सग्रहवामा के भएको थियो ?
प्राप्त तथ्यहरूको आधारमा प्राचीन कपिलवस्तुमा शाक्यहरूको राज्य थियो । २८ बुद्धमध्ये क्रकुछन्द बुद्ध, कनकमुनि बुद्ध र सिद्धार्थ गौतम बुद्धको जन्म कपिलबस्तुमा नै भएको थियो । कपिलबस्तु बुद्ध जन्मने स्थानमात्र नभई बौद्ध अनुयायीहरूको पतनसमेत कपिलबस्तुबाट नै भएकाले यो ठाउँको महत्त्व आम मानिसलाई समेत बुझाउन जरुरी छ ।
प्राचीन कपिलबस्तु र कोलिय राज्य छिमेकमा पर्ने कोशल राज्यको आक्रमणमा परेर पतन भएको हो । शासन व्यवस्थामा अब्बल, तत्कालीन अवस्थामै गणतन्त्रको अभ्यास गरिसकेको शाक्य र कोलिय राज्य विनासको प्रमुख कारण जातीय अभिमान भएको तथ्य भेटिन्छ । शाक्य र कोलियहरूको विनाश बुद्धको महापरिनिर्वाण हुनुभन्दा दुई वर्षअघि कोशल देशका राजा प्रसेनजित्का छोरा विडुडभबाट भएको उल्लेख छ ।
कपिलवस्तु मावलीघर हुने विडुडभ कोशल देशका राजा प्रसेनजित्का छोरा थिए । कोशल देशका राजा प्रसेनजित शाक्यमुनि बुद्धबाट निकै प्रभावित थिए र उनले बुद्धप्रति निकै श्रद्धा राख्थे । यसर्थ उनले शाक्य कन्यासँग विवाह गरेर ऊबाट जन्मिएको छोरालाई कोशल देशको उत्तराधिकारी बनाउन चाहन्थे । सोहीअनुसार उनी कपिलवस्तु राज्यमा शाक्य कन्या माग्न गए । शाक्यहरूले जातीय अभिमानका कारण छोरी दिन सकेनन्, तर कोशल राज्यको आक्रमणमा परिने डरले शाक्य जातकी छोरी भनेर महानाम शाक्यको दासी ‘बासभखत्तिया’लाई अन्माएर दासी पुत्रीलाई शाक्य कन्या भनी विवाह गरी पठाएका थिए ।

विवाहपछि पनि यो कुरा गोप्य रहेकाले कोशल देशका राजा प्रसेनजित् अनभिज्ञ थिए । यो विषय त्यसबेला गोप्य नै रहिरह्यो । कोशल देशका राजा प्रसेनजित् र दासी पुत्री बासभखत्तियाबाट एक पुत्रको जन्म भयो, जसको नाम ‘विडुडभ’ राखियो । पछि मावलघर कपिलबस्तु जाँदा दासीपुत्र भएका कारण रचिएको विभेदको षडयन्त्र विडुडभले बुझे । जातीय विभेदको बदला लिन यिनै विडुडभले कपिलवस्तुमा आक्रमण गरी कपिलबस्तुका शाक्यहरूको दम्भ समाप्त पार्ने प्रतिज्ञा गरे । उनले गर्न खोजेको २ पटकसम्मको आक्रमणलाई गौतमबुद्धले नै रोक्नु भएको थियो । तर तेस्रो आक्रमणका बारेमा जानकार भएर पनि गौतमबुद्धले विडुडभलाई रोक्न खोज्नु भएन । विडुडभले कपिलबस्तुमा गरेको आक्रमण कपिलबस्तु तथा कोलीय राज्य पतन हुने कारण बन्यो । यो प्रसङ्ग धम्मपद अर्थकथा लगायत अन्य पालिप्रसङ्गमा विस्तृतरुपमा उल्लेख छ । कपिलवस्तुमा भएको उक्त आक्रमणमा ९९९० शाक्य र कोलियहरूको नरसंहार हुँदा सग्रहवा ताल रगतले भरिएको ह्वेनसाँगको यात्रा विवरणमा उल्लेख छ । यसबाहेक कपिलवस्तुसँग बदला लिएपछि विडुडभले ५०० शाक्य कुमारीहरूलाई अपहरण गरी आफ्नो राज्यमा लगेको र उनीहरूलाई रानी बनाउन खोज्दा राजकुमारीहरूले विद्रोह गरेपछि कपिलवस्तुको सिमानामा ल्याई तिनीहरूको बध गरेको विषयसमेत ह्वेनसाँगले उल्लेख गरेका छन् ।
बौद्ध इतिहासमा विडुडभको घटनाले विभेदको ज्वाला निकै खतरनाक हुन्छ भन्ने शिक्षा दिएको छ । वदलाको भावले कपिलवस्तु राज्य विजय गरे पनि त्यसमाथि विडुडभले शासन गर्न भने पाएनन् । विडुडव र कपिलबस्तुको पतन नामक पुस्तकका लेखक भिक्टर प्रधानका अनुसार कपिलवस्तु विजय लगतै विडुडभको मृत्यु भएकाले कोशल राज्य पनि मगधको हात लाग्यो । त्यसपछि मगद दक्षिण एसियाकै ठूलो साम्राज्य बनेको थियो । केशवमान शाक्यको उल्लेखअनुसार कपिलवस्तुमा आक्रमण गरेको केही दिनमा नै मगधका राजा अजातशत्रुले कोशल राज्यमा आक्रमण गरी विडुडभ र उनका मन्त्री अम्बरिसलाई जिउँदै जलाएर हत्या गरेका थिए । यसले के शिक्षा दिन्छ भने कसैले बदलाको भावले उत्प्रेरित भइ गरेको कार्यको प्रतिफल त्यो व्यक्तिलाई लामो समयसम्म प्राप्त हुँदैन ।
यस्तो महत्त्वपूण इतिहास भएको कपिलबस्तु र हजारौँ शाक्य र कोलियहरूको नरसंहार हुँदा रगतकै ताल बनेको प्राचीन सग्रहवा ताल नजिकै भएको कपिलबस्तु राष्ट्रिय मुर्तिकला २०८० ले बौद्ध इतिहासलाई कलाका माध्यमबाट आम जनमानसमा जोडन खोजेको देखिन्छ । सग्रहवा प्रस्तरकला शाक्यवंश पतनको अनन्तसम्म रहने कलात्मक दस्ताबेज हो । जसले मानिसलाई जोडन खोजेको मात्र नभई जातिय अभिमानले कसरी महाविनासतर्फ विनासतर्फ लैजान्छ भन्ने सन्देशसमेत प्रवाह गरिरहेको छ ।
सग्रहवाको इतिहास र मुर्तिकला कार्यशाला
मिति २०८० पौष २३ गतेदेखि माघ ०८ गतेसम्म कपिलवस्तु जिल्लाको सगरहवा ताल नजिकै लुम्बिनी विकास कोषको मुख्य आयोजनामा कपिलबस्तु राष्ट्रिय मुर्तिकला २०८० सञ्चालन भएको खबर सञ्चारमाध्यमहरूमा देखाप¥यो । ड्रिम देवदहको परिकल्पना अनुसार देवदहमासमेत यसपूर्व काष्ठकला र मुर्तिकला कार्यशालाहरू सम्पन्न भइसकेका छन् । देवदहमा भएका मूर्तिकला कार्यशालाका मात्र नभएर कपिलबस्तु राष्ट्रिय मुर्तिकलाका परिकल्पनाकार पनि सिद्धिचरण भट्टराई हुन् । हाल लुम्बिनी विकास कोषका कोषाध्यक्ष रहेका सिद्धिचरण भट्टराईको विचारमा मूर्तिकलाले एउटा विम्बमार्फत विचार, दर्शन, संस्कृति र कलालाई एकदेखि अर्को पुस्तामा हस्तान्तरण गर्दछ । यसर्थ मूर्तिकला ज्ञान प्रसार गर्ने महत्वपूर्ण माध्यम हो ।
लुम्बिनी विकास कोषको मुख्य आयोजना तथा दजनौँ संस्थाको सहकार्यमा सम्पन्न भएको कपिलबस्तु राष्ट्रिय मुर्तिकलामा निर्माण भएका कलात्मक मुर्तिहरूले आम व्यक्तिलाईसमेत विडुडभ तथा सग्रहवा घटनाको परिकल्पनामा डुबाउँछ । करिव ६० लाखमा निर्माण भएका १८ सग्रहवा प्रस्तरकलाले मानिसलाई लामो समयसम्म जीवन्त कथा र सन्देश प्रदान गरिरहने निश्चित छ । साथै नजिकै रहेको जगदिशपुर तालको पर्यटनलाईसमेत अझ बृद्धि गर्नेछ । सग्रहवा प्रस्तरकलाले आगामी दिनमा बौद्ध इतिहास बुझ्न आम मानिसहरूलाई आह्वान गरिरहेको छ । सग्रहवा प्रस्तरकलामा रहेका मूर्ति साहित्यले जीवन र जगतलाई सम्बोधन गरिरहेको पाइन्छ । सग्रहवाको प्रस्तरकलामा उभिँदा आवाज नसुनिए पनि मूर्तिसँग हुने मौन संबादले व्यक्तिलाई शान्त बनाउँछ ।
कपिलबस्तुको सग्रहवामा के भएको थियो ?
प्राप्त तथ्यहरूको आधारमा प्राचीन कपिलवस्तुमा शाक्यहरूको राज्य थियो । २८ बुद्धमध्ये क्रकुछन्द बुद्ध, कनकमुनि बुद्ध र सिद्धार्थ गौतम बुद्धको जन्म कपिलबस्तुमा नै भएको थियो । कपिलबस्तु बुद्ध जन्मने स्थानमात्र नभई बौद्ध अनुयायीहरूको पतनसमेत कपिलबस्तुबाट नै भएकाले यो ठाउँको महत्त्व आम मानिसलाई समेत बुझाउन जरुरी छ ।
प्राचीन कपिलबस्तु र कोलिय राज्य छिमेकमा पर्ने कोशल राज्यको आक्रमणमा परेर पतन भएको हो । शासन व्यवस्थामा अब्बल, तत्कालीन अवस्थामै गणतन्त्रको अभ्यास गरिसकेको शाक्य र कोलिय राज्य विनासको प्रमुख कारण जातीय अभिमान भएको तथ्य भेटिन्छ । शाक्य र कोलियहरूको विनाश बुद्धको महापरिनिर्वाण हुनुभन्दा दुई वर्षअघि कोशल देशका राजा प्रसेनजित्का छोरा विडुडभबाट भएको उल्लेख छ ।
कपिलवस्तु मावलीघर हुने विडुडभ कोशल देशका राजा प्रसेनजित्का छोरा थिए । कोशल देशका राजा प्रसेनजित शाक्यमुनि बुद्धबाट निकै प्रभावित थिए र उनले बुद्धप्रति निकै श्रद्धा राख्थे । यसर्थ उनले शाक्य कन्यासँग विवाह गरेर ऊबाट जन्मिएको छोरालाई कोशल देशको उत्तराधिकारी बनाउन चाहन्थे । सोहीअनुसार उनी कपिलवस्तु राज्यमा शाक्य कन्या माग्न गए । शाक्यहरूले जातीय अभिमानका कारण छोरी दिन सकेनन्, तर कोशल राज्यको आक्रमणमा परिने डरले शाक्य जातकी छोरी भनेर महानाम शाक्यको दासी ‘बासभखत्तिया’लाई अन्माएर दासी पुत्रीलाई शाक्य कन्या भनी विवाह गरी पठाएका थिए ।
विवाहपछि पनि यो कुरा गोप्य रहेकाले कोशल देशका राजा प्रसेनजित् अनभिज्ञ थिए । यो विषय त्यसबेला गोप्य नै रहिरह्यो । कोशल देशका राजा प्रसेनजित् र दासी पुत्री बासभखत्तियाबाट एक पुत्रको जन्म भयो, जसको नाम ‘विडुडभ’ राखियो । पछि मावलघर कपिलबस्तु जाँदा दासीपुत्र भएका कारण रचिएको विभेदको षडयन्त्र विडुडभले बुझे । जातीय विभेदको बदला लिन यिनै विडुडभले कपिलवस्तुमा आक्रमण गरी कपिलबस्तुका शाक्यहरूको दम्भ समाप्त पार्ने प्रतिज्ञा गरे । उनले गर्न खोजेको २ पटकसम्मको आक्रमणलाई गौतमबुद्धले नै रोक्नु भएको थियो । तर तेस्रो आक्रमणका बारेमा जानकार भएर पनि गौतमबुद्धले विडुडभलाई रोक्न खोज्नु भएन । विडुडभले कपिलबस्तुमा गरेको आक्रमण कपिलबस्तु तथा कोलीय राज्य पतन हुने कारण बन्यो । यो प्रसङ्ग धम्मपद अर्थकथा लगायत अन्य पालिप्रसङ्गमा विस्तृतरुपमा उल्लेख छ । कपिलवस्तुमा भएको उक्त आक्रमणमा ९९९० शाक्य र कोलियहरूको नरसंहार हुँदा सग्रहवा ताल रगतले भरिएको ह्वेनसाँगको यात्रा विवरणमा उल्लेख छ । यसबाहेक कपिलवस्तुसँग बदला लिएपछि विडुडभले ५०० शाक्य कुमारीहरूलाई अपहरण गरी आफ्नो राज्यमा लगेको र उनीहरूलाई रानी बनाउन खोज्दा राजकुमारीहरूले विद्रोह गरेपछि कपिलवस्तुको सिमानामा ल्याई तिनीहरूको बध गरेको विषयसमेत ह्वेनसाँगले उल्लेख गरेका छन् ।
बौद्ध इतिहासमा विडुडभको घटनाले विभेदको ज्वाला निकै खतरनाक हुन्छ भन्ने शिक्षा दिएको छ । वदलाको भावले कपिलवस्तु राज्य विजय गरे पनि त्यसमाथि विडुडभले शासन गर्न भने पाएनन् । विडुडव र कपिलबस्तुको पतन नामक पुस्तकका लेखक भिक्टर प्रधानका अनुसार कपिलवस्तु विजय लगतै विडुडभको मृत्यु भएकाले कोशल राज्य पनि मगधको हात लाग्यो । त्यसपछि मगद दक्षिण एसियाकै ठूलो साम्राज्य बनेको थियो । केशवमान शाक्यको उल्लेखअनुसार कपिलवस्तुमा आक्रमण गरेको केही दिनमा नै मगधका राजा अजातशत्रुले कोशल राज्यमा आक्रमण गरी विडुडभ र उनका मन्त्री अम्बरिसलाई जिउँदै जलाएर हत्या गरेका थिए । यसले के शिक्षा दिन्छ भने कसैले बदलाको भावले उत्प्रेरित भइ गरेको कार्यको प्रतिफल त्यो व्यक्तिलाई लामो समयसम्म प्राप्त हुँदैन ।
यस्तो महत्त्वपूण इतिहास भएको कपिलबस्तु र हजारौँ शाक्य र कोलियहरूको नरसंहार हुँदा रगतकै ताल बनेको प्राचीन सग्रहवा ताल नजिकै भएको कपिलबस्तु राष्ट्रिय मुर्तिकला २०८० ले बौद्ध इतिहासलाई कलाका माध्यमबाट आम जनमानसमा जोडन खोजेको देखिन्छ । सग्रहवा प्रस्तरकला शाक्यवंश पतनको अनन्तसम्म रहने कलात्मक दस्ताबेज हो । जसले मानिसलाई जोडन खोजेको मात्र नभई जातिय अभिमानले कसरी महाविनासतर्फ विनासतर्फ लैजान्छ भन्ने सन्देशसमेत प्रवाह गरिरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology