देवदह । रूपन्देहीको देवदहस्थित देवदह आदर्श बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख मित्रलाल न्यौपानेले पदबाट राजिनामा दिएका छन् । वि. स. २०६४ देखि क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेर कार्यसम्पादन गरेका न्यौपानेले घरायसी कारणले पदबाट राजिनामा दिएको जनाएका छन् ।
छैठौं क्याम्पस सभापछिको पहिलो बैठकमै राजिनामा दिएका उनको राजिनामा शनिबार सम्पन्न दोस्रो बैठकले स्वीकृत गरेको क्याम्पस संचालन समिति अध्यक्ष वासुदेव रिमालले जानकारी दिए ।
न्यौपानेको राजिनामा स्वीकृतसंगै सहायक क्याम्पस प्रमुख जयकिशन अधिकारीलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिईएको छ । वि. स. २०७४ सालदेखि सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेका अधिकारीलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिईएको क्याम्पस संचालक समिति सदस्य मोतिलाल ढकालले बताए ।
क्याम्पस स्थापनादेखि हालसम्ममा जिम्मेवारीमा रही उनकै प्रशासनिक नेतृत्वले क्याम्पसलाई 'क्युएए सर्टिफाइड' गराएर नयाँ नेतृत्वलाई हस्तान्तरण गरेका उनलाई क्याम्पस संचालन समिति सदस्यमा मनोनित गर्ने गरि तयारी गरिएको स्रोतले जनाएको छ ।
आजै क्याम्पसले किनेको नयाँ बसको एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology