Logo

२०८३, कार्तिक २७गते


images
images

देवदहका मेलमिलापकर्तालाई दुईदिने पुनर्ताजगी तालिम

देवदहका मेलमिलापकर्तालाई दुईदिने पुनर्ताजगी तालिम

images
  • देवदहका मेलमिलापकर्तालाई दुईदिने पुनर्ताजगी तालिम
    images

    देवदह । देवदह नगरपालिकामा मेलमिलापकर्ता सम्बन्धि पुनर्ताजगी तालिम सुरू गरिएको छ । देवदह नगरपालिकाको न्यायिक समितिको आयोजनामा बुधबारदेखि नगरपालिकाको सभा हलमा तालिम सुरू भएको हो । 

    images
    images
    images

    दुईदिनसम्म संचालन हुने तालिमको उद्धाटन कार्यक्रममा बोल्दै नगरप्रमुख ध्रुवप्रसाद खरेलले न्याय निरूपणमा देवदह नगरपालिकाले शत प्रतिशत अंक प्राप्त गरेको बताए । न्याय निरूपण जटिल र संबेदनशील विषय भएकोले पनि न्यायिक समिति र मेलमिलापकर्तालाई उत्कृष्ट कार्य सम्पादनको लागि अनुरोध गरे ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले देवदहको न्यायिक समितिले उत्कृष्ट कार्य सम्पादन गरेको दावी गरे । देवदहले गरेको कार्य अन्य स्थानीय तहले पनि सिक्न लायक रहेको उल्लेख गर्दै उनले तालिमले मेलमिलापकर्तालाई थप उर्जा प्रदान गर्ने बताए । 

    images
    images

    नगरपालिकाको न्यायिक समिति संयोजक विद्यालक्ष्मी गुरुङको अध्यक्षता रहेको तालिमको उद्धाटन सत्रमा नगर भित्रका ६६ जना मेलमिलापकर्ता सहभागी रहेको नगरपालिकाले जनाएको छ । 

    दुईदिनसम्म संचालन हुने तालिममा पुर्वन्याधिवाक्ता खुमाकान्त पौडेल र सुवर्णप्रसाद ले सहजीकरण गर्ने जनाईएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।