रुपन्देही । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखा र सगरमाथा टाेल विकास संस्थाकाे संयुक्त आयाेजनामा सम्पन्न बृहत् रक्तदान कार्यक्रममा १२५ जनाले रक्तदान गरेका छन।सगरमाथा टाेल विकास संस्थाकाे अध्यक्ष अर्जुन पाैडेलकाे अध्यक्ष्ातामा सम्मपन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखा अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण चाैहान क्षेत्री थिए ।
रक्तदान अभियानलाई गाउँ गाउँ टाेल टाेलमा फैलाउने अभियान अन्तर्गत याे कार्यक्रम सम्पन्न गरिएकाे हाे,आजकाे कार्यक्रममा धेरै रक्तदाता पहिलाे पटक रक्तदान गर्ने थिए।
अहिले ब्लड बैंकमा 'बि पाेजिटिभ' लगायत अन्य केही रक्तसमुह अभाव भएकाे हुँदा याे कार्यक्रमले ठुलाे मद्दत पुग्ने चाैहानले बताए ।
तिलाेत्तमा शाखा यहि २०७८ बैशाखमा स्थापना भएपनि अहिलेसम्म झन्डै ४ सय युनिट रगत ब्लड बैकलाई हस्तान्तरण गरिएकाे अध्यक्ष गाेविन्द भुसालले बताएn।
कार्यक्रममा प्रायाेजन गर्ने सि हर्स ट्रेडर्सका प्राेप्राईटर साेम थापा र हाेम थापालाई लाई सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा सहभागी भै रक्तदान गर्नुहुने सबैलाई धन्यबाद दिदै यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तर्ता दिने कार्यक्रमका अध्यक्ष अर्जुन पाैडेलले बताए ।
कार्यक्रममा नेपाल रेडक्रस साेसाईटि मणिग्राम उपशाखा अध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखाका सल्लाहकार टेक बहादुर थापा,सल्लाहकार बेल प्रसाद शर्मा,वार्ड सदस्य श्यामलाल खत्रीको समेत सहभागीता थियाे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology