नविन लुइँटेल, देवदह । रुपन्देहीको देवदह वडा नं ७ मा अवस्थित देवदह आदर्श बहुमुखी क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणीकरण (क्युएए सर्टिफाइड) भएको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।
क्याम्पस क्युएए सर्टिफाइड भएको खुसियालीमा देवदहको मुख्य चोक खैरेनीबाट शीतलनगरसम्म पन्चेबाजा सहित प्रभातफेरी र्यालि कार्यक्रम रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्माले विश्वविद्यालय अनुदान आयोगले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणीकरण क्युएए सर्टिफाइड गरेकोमा आफु निकै खुशी रहेको बताए । उनले अब देवदह आदर्श बहुमुखी क्यापसले प्राविधिक र डिग्री सम्म पढाइ हुने सबै खालका विषयलाइ जोडेर देवदहका विद्यार्थीलाइ देवदहमै राख्ने वातावरण गराउन पर्नेमा जोड दिने बताए। प्रमुख अतिथि विश्वकर्मा अहिले आफु शिक्षा स्वास्थ र खेलकुद मन्त्रालयको सदस्य समेत रहेको हुनाले देवदहमा के केस्तो काम गर्नु पर्छ कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ त्यसको विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरि आफुले सके जति सहयोग गर्ने प्रतिबद्धता गरे।
कार्यक्रममा देवदह आदर्श बहुमुखी क्यापसका अध्यक्ष वासुदेव रिमाल, देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेल क्याम्पस अध्यक्ष बासुदेव रिमाल लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology