Logo

२०८३, आश्विन २१गते


images
images

देवदहको मितेरी गाउँमा देउसी भैलोको दक्षिणा अधिकतम ५१ रुपैयाँ

देवदहको मितेरी गाउँमा देउसी भैलोको दक्षिणा अधिकतम ५१ रुपैयाँ

images
  • देवदहको मितेरी गाउँमा देउसी भैलोको दक्षिणा अधिकतम ५१ रुपैयाँ
    images
    images

    देवदह । देवदहकाे मितेरी गाउँमा आगामी चाडपर्वलाई सभ्य, सुरक्षित र व्यवस्थित रूपमा मनाउने विषयमा सात संस्थाको संयुक्त बैठक सम्पन्न भएको छ।

    images
    images
    images

    मितेरी गाउँ दुर्गा मन्दिर टोल विकास संस्था, मितेरी गाउँ मितेरी टोल विकास संस्था, मितेरी गाउँ सुन्दर टोल विकास संस्था, स्मृति युवा क्लब, मितेरी स्वास्थ्य आमा समूह, सहयात्री आमा समूह र मितेरी सुन्दर आमा समूहको संयुक्त आयोजनामा बसेको बैठकले चाडपर्वलाई मर्यादित बनाउन विभिन्न महत्वपूर्ण निर्णय गरेको हो।

    images
    images
    images

    बैठकले चाडपर्वको समयमा टोलका मुख्य बाटो तथा सार्वजनिक स्थानहरू उज्यालो र सुरक्षित बनाउने, टोलमा जुवा, तास तथा खोरखोरे पूर्ण रूपमा प्रतिबन्ध गर्ने र मदिरा सेवन गरी होहल्ला तथा अशान्ति गर्ने व्यक्तिलाई नियमानुसार कारबाही गर्ने निर्णय गरेको छ।

    images
    images
    images

    त्यसैगरी, सांस्कृतिक देउसी–भैलो कार्यक्रम बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्ने र  अधिकतम ५१ रुपैयाँ मात्र दक्षिणा दिन पाउने निर्णय गरिएको छ ।

    बैठकले चाडपर्वलाई भड्किलो, खर्चालु तथा अस्वस्थ प्रतिस्पर्धात्मक नबनाई सरल, सभ्य र सामाजिक सद्भाव कायम हुने गरी मनाउन सम्पूर्ण टोलवासीलाई आग्रहसमेत गरेको छ।

    संयुक्त बैठकले “सभ्य चाडपर्व : सुरक्षित समाज, सुन्दर मितेरी गाउँ” भन्ने सन्देशसहित चाडपर्वलाई अनुशासित र सौहार्दपूर्ण बनाउन सबैको सहयोग आवश्यक रहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मितेरी गाउँ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।