Logo

२०८३, आश्विन ९गते


images
images

दार्चुलामा पहिराेमा परी तीन जनाकाे मृ'त्यु, जलविद्युत आयोजना बगायो

दार्चुलामा पहिराेमा परी तीन जनाकाे मृ'त्यु, जलविद्युत आयोजना बगायो

images
  • दार्चुलामा पहिराेमा परी तीन जनाकाे मृ'त्यु, जलविद्युत आयोजना बगायो
    images
    images

    काठमाडाैं। दार्चुलाको नौगाड गाउँपालिकामा बाढी र पहिरो जाँदा तीन जनाको मृ'त्यु भएकाे छ। पहिरोमा च्यापिएर नौगाड गाउँपालिका–३ खार बस्ने २९ वर्षीय लक्ष्मण सितोली, ७२ वर्षीया गेउडी ठगुन्ना र उनकै तीन महिने नातनी मञ्जरी ठगुन्नाको मृ'त्यु भएको प्रहरीले जनाएकाे छ।

    images
    images
    images

    बाढीले बाढीले नौगाढ गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघुजलविद्युत आयोजना पनि बाढीले बगाएको छ। अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको धामीले बताए।

    images
    images
    images

    बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा पानी घट्ट र तीन वटा पानीको मुहान पनि खोलाले बगाएको छ।

    images
    images
    images

    बुधबार रातिको अविरल वर्षाका कारण नौगाड गाउँपालिका–६ स्थित धुलिगडा गाउँमा पनि खानेपानीका मूलहरु, दुई वटा पानी घट्ट बगाउनुका साथै धुलिगडा स्वास्थ्य चौकी र नजिकका घरहरु जोखिममा परेका छन्।

    घटनास्थलमा उद्धार कार्यका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। बर्खा शुरु भएसँगै जताततै बाढी र पहिरोको जोखिम बढेको छ। दार्चुलाका सबै स्थानीय तहका विभिन्न क्षेत्र बाढी, पहिरोको उच्च जोखिममा छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दार्चुला
  • # जलविद्युत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।