Logo

२०८३, आश्विन ९गते


images
images

पहिरोको जोखिम

पहिरोले दार्चुलाको चौलानी नदी आंशिक थुनियो, उच्च सतर्कता अपनाउन आग्रह

पहिरोले दार्चुलाको चौलानी नदी आंशिक थुनियो, उच्च सतर्कता अपनाउन आग्रह

images
  • पहिरोले दार्चुलाको चौलानी नदी आंशिक थुनियो, उच्च सतर्कता अपनाउन आग्रह
    images
    images

    धनगढी । दार्चुलाको अपिहिमाल गाउँपालिका-१, भट्टार बस्ती नजिकै ठूलो पहिरो जाँदा चौलानी नदी आंशिक रूपमा थुनिएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार पहिरो खस्ने क्रम जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम रहेको छ। नदी थुनिएर बनेको जलाशय फुटेमा बैतडी-दार्चुला सीमाबाट बग्ने चमेलिया (चौलानी) नदीमा एक्कासि पानीको सतह बढ्न सक्ने जनाएको छ ।

    images
    images
    images

    नदीको बहाव अचानक बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै चौलानी नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

    images
    images
    images

    प्रशासनले वर्षाको समयमा नदी किनारमा नजान तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउनसमेत अनुरोध गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दार्चुला
  • # पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।