Logo

२०८३, श्रावण ३१गते


images
images

प्रकोप

बाजुरा पहिरो अपडेट: २० वर्षीया युवतीको मृत्यु, दुई जना घाइते

बाजुरा पहिरो अपडेट: २० वर्षीया युवतीको मृत्यु, दुई जना घाइते

images
  • बाजुरा पहिरो अपडेट: २० वर्षीया युवतीको मृत्यु, दुई जना घाइते
    images
    images

    बाजुरा । त्रिवेणी नगरपालिका-९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोमा परी २० वर्षीया युवतीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    images
    images
    images

    पहिरोमा परी स्थानीय कर्ण थापाकी २० वर्षीया छोरी प्रतिक्षा थापा बेपत्ता भएकी थिइन्। प्रहरी र स्थानीयवासीले खोजी गर्ने क्रममा उनलाई घटनास्थलमै मृत अवस्थामा फेला पारेका हुन् ।

    images
    images
    images

    पहिरोमा परी सोही स्थानका ४० वर्षीय धर्म थापा र ४० वर्षीया धौलीदेवी रावल घाइते भएका छन् । दुवै जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मार्तडी पठाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    पहिरोले दुईवटा घर पूर्ण रूपमा पुरिएर क्षति भएका छन् । साउन २८ गते साँझदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरो गएको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाजुरा पहिरो
  • # पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।