Logo

२०८३, श्रावण २७गते


images
images

पहिरोले लियो ज्यान

म्याग्दीमा पहिरो : एक वृद्धको मृत्यु, तीन जनाको सकुशल उद्धार

म्याग्दीमा पहिरो : एक वृद्धको मृत्यु, तीन जनाको सकुशल उद्धार

images
  • म्याग्दीमा पहिरो : एक वृद्धको मृत्यु, तीन जनाको सकुशल उद्धार
    images
    images

    म्याग्दी । म्याग्दीमा अविरल वर्षापछि खसेको पहिरोले दुई छुट्टाछुट्टै स्थानमा घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ भने अर्को घटनामा एकै परिवारका तीन जनाको सकुशल उद्धार गरिएको छ ।

    images
    images
    images

    सोमबार बिहान करिब २ बजे धवलागिरि गाउँपालिका-७ धारापानी तल्लो हाडेभिर स्थित टकदेवी थापाको घरमाथिबाट पहिरो खस्दा घर पुरिएको थियो । घरमा रहेका तीनै जनाको प्रहरी र स्थानीयवासीको सहयोगमा सकुशल उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये लक्ष्मण थापाको दाहिने खुट्टामा सामान्य चोट लागेको छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ । चौपायामा कुनै क्षति नभएको र आसपासका अन्य बस्ती तत्काल जोखिममा रहेका छैनन् ।

    images
    images
    images

    यस्तै, म्याग्दी जिल्लाकै बेनी नगरपालिका-३ भकिम्ली चिमखेतस्थित ७० वर्षीय लालबीर छन्त्याल आफ्नै घरमा सुतिरहेका बेला घरमाथिबाट पहिरो खस्दा घरसँगै पुरिएका थिए । खोजी तथा उद्धारका क्रममा उनको शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।