Logo

२०८३, मंसिर ७गते


images
images

चलचित्र क्षेत्रको विकासलाई सम्बोधन गर्ने विधेयक ल्यायौं- मन्त्री तिमिल्सिना

चलचित्र क्षेत्रको विकासलाई सम्बोधन गर्ने विधेयक ल्यायौं- मन्त्री तिमिल्सिना

images
  • चलचित्र क्षेत्रको विकासलाई सम्बोधन गर्ने विधेयक ल्यायौं- मन्त्री तिमिल्सिना
    images

    काठमाडौँ । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र उद्योगका रूपमा भइरहेको विकासलाई सम्बोधन गर्ने उद्देश्यले चलचित्र विधेयक ल्याइएको बताएका छन् । 

    images
    images
    images

    प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलचित्र विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा उनले पुरानो कानुनले वर्तमान आवश्यकता सम्बोधन गर्न नसक्ने भन्दै नयाँ कानुनी व्यवस्था आवश्यक रहेको बताए ।

    images
    images

    उनले चलचित्रलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने उद्योगका रूपमा विकास गर्नुपर्ने र विदेशी लगानी भित्र्याउने विषयमा समेत पुनर्विचार गर्नुपर्ने बताए ।

    images

    विधेयकमा चलचित्र विकास बोर्डलाई अधिकार सम्पन्न र स्वायत्त बनाउने, बक्स अफिस प्रणाली व्यवस्थित गर्ने, चलचित्रकर्मीको श्रम अधिकार संरक्षण गर्ने, मातृभाषाका चलचित्र प्रवर्द्धन गर्ने तथा विदेशी लगानी आकर्षित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

    त्यस्तै, चलचित्र निर्माण, वितरण र प्रदर्शनलाई व्यवस्थित बनाउने, स्वदेशी चलचित्रको बजार विस्तार गर्ने तथा चलचित्रमार्फत नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने विषय पनि विधेयकमा समेटिएको छ ।

    सरकारले २०२६ सालदेखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई समयानुकूल परिमार्जन गर्न नयाँ विधेयक अघि बढाएको हो ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चलचित्र
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।