Logo

२०८३, मंसिर ७गते


images
images

समाचार

प्रधानमन्त्री शाहले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री शाहले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

images
  • प्रधानमन्त्री शाहले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
    images

    काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो निम्तो दिएका हुन् । 

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै उनले भारतीय लगानीकर्ताहरूलाई नेपालमा स्वागत गर्न आफूहरू तयार रहेको बताउदै नेपाल-भारतबीच विकासको साझेदारी सुरु भएको बताए ।

    images
    images

    पत्रकार सम्मेलनअघि नेपाल-भारत सम्बन्ध झल्काउने भिडियो सामग्री देखाइएको थियो । मोतीहारी-अमलेखगन्ज पाइपलाइनदेखि नेपालको हाइड्रोपावरमा भारतले गरिरहेका कामहरूबारे देखाइएको थियो ।

    images

    पत्रकार सम्मेलनमा बोल्नुअघि प्रधानमन्त्री वालेन्द्र शाह र समकक्षी नरेन्द्र मोदीले अयोध्या-जनकपुर रेलको शुभारम्भ गरेका थिए । यससँगै भारतको यूपीस्थित अयोध्याबाट सरयू कमला एक्सप्रेस जनकपुरधामका लागि प्रस्थान गर्नेछ ।

    त्यसअघि भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए । प्रधानमन्त्री शाह आजै भ्रमण सकेर स्वदेश फर्किदैछन् ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।