काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको औपचारिक भारत भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने भएको छ ।प्रधानमन्त्री शाहको नेतृत्वमा भारत जाने टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मी सहभागी हुनेछन् ।
भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित दुई मन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारी, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी, सुरक्षा अधिकारी र सञ्चारमाध्यमका प्रतिनिधि रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र रहेका छन् ।
त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ, प्रधानमन्त्रीका प्रमुख निजी सचिव सुभाष शर्मा र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब पनि भ्रमण टोलीमा छन् ।
भ्रमण टोलीमा परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डे, प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियार, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गहेन्द्रराज भण्डारी, शिष्टाचार महापाल कुमारराज खरेल र परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री रहेका छन् ।
त्यसैगरी, अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयका सहसचिव सुभाष ढकाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनील पौडेल र प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक दीपा दाहाल पनि भ्रमण टोलीमा सहभागी हुनेछन् ।
टोलीमा परराष्ट्र मन्त्रालयका उपसचिव ललिता सिलवाल र विजय राज तण्डुकार, परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव लोचन पौडेल, शिष्टाचार अधिकृत दीपकराज निरौला र दक्षिण एसिया महाशाखाका शाखा अधिकृत मनोज गैरे रहेका छन् ।
सुरक्षा तथा सैनिक टोलीतर्फ प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी उपरथी बालमुकुन्द बिष्ट, सुरक्षा अधिकृत प्रमुख सेनानी सुशील बानियाँ, प्रहरी नायब उपरीक्षक दीपेश बस्याल र प्रधानमन्त्रीका सैनिक सहयोगी प्रमुख सेनानी रोशन केसी सहभागी हुनेछन् ।
यसैगरी, प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार) विनय शाक्य, गोरखापत्रका संवाददाता तारा हमाल ढुंगाना, राष्ट्रिय समाचार समितिका संवाददाता कमल कुमार बस्नेत र नेपाल टेलिभिजनका भिडियोग्राफर अशोककुमार बस्नेत पनि भ्रमण टोलीमा रहनेछन् ।
भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका उपशिष्टाचार प्रमुख प्रेमराज गौतम र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलसमेत रहेका छन् ।
दुईदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमण पुरा गरी प्रधानमन्त्री शाह सोमबार साँझ फर्किने तालिका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology