Logo

२०८३, मंसिर ७गते


images
images

राजनीति

प्रधानमन्त्रीको भारत भ्रमण बारे रास्वपाले के भन्यो ?

प्रधानमन्त्रीको भारत भ्रमण बारे रास्वपाले के भन्यो ?

images
  • प्रधानमन्त्रीको भारत भ्रमण बारे रास्वपाले के भन्यो ?
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।

    images
    images
    images

    रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन् । उनले नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने यस भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका हुन् ।

    images
    images

    प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने औपचारिक राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् । प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधि सहभागी छन् ।

    images

    भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा द्विपक्षीय सम्बन्ध थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी रहेको रास्वपाले जनाएको छ ।

    भ्रमणअघि प्रधानमन्त्री शाहले पार्टी सभापति रवि लामिछानेसँग भेट गरी भ्रमणबारे विस्तृत छलफल तथा जानकारी गराएका थिए ।

    रास्वपाले प्रधानमन्त्रीको भारत भ्रमण सफल, उपलब्धिपूर्ण र सुखद रहोस् भन्दै शुभकामना व्यक्त गरेको छ ।

     

     

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।