Logo

२०८३, मंसिर ७गते


images
images

समाचार

नेपाल र भारतबीच आठवटा समझदारी पत्रमा हस्ताक्षर, के के छन् ?

नेपाल र भारतबीच आठवटा समझदारी पत्रमा हस्ताक्षर, के के छन् ?

images
  • नेपाल र भारतबीच आठवटा समझदारी पत्रमा हस्ताक्षर, के के छन् ?
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आठ वटा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ । भारत र नेपालबीच अन्तरिक्ष प्रविधि,सुरक्षा तालिम,निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य, परम्परागत चिकित्सा पद्धति, दिगो सहरी विकास तथा कृषिसहितका विभिन्न क्षेत्रमा आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

    images
    images
    images

    नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि उक्त समझदारीपत्र आदानप्रदान गरिएको हो ।

    images
    images

    समझदारीपत्रहरू: 

    images

    १- भारतको गुजरातस्थित गान्धीनगरको राष्ट्रिय न्यायिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्र ।

    २- भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच समझदारीपत्र ।

    ३- भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको सुशासनसम्बन्धी राष्ट्रिय केन्द्र र नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपाली निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी समझदारीपत्र ।

    ४- आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र ।

    ५- दक्षिण एसिया उपग्रहको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने सम्बन्धमा भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन र नेपाल सरकारको सञ्चार तथा सूचना मन्त्रालयबीच समझदारीपत्र ।

    ६- दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्ने सम्बन्धमा भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र ।

    ७- स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबीच समझदारीपत्र ।

    ८- पशुपालन तथा मत्स्य विकासको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समझदारी पत्र
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।