काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई राजकीय सम्मान प्रदान गरिएको छ । दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई गार्ड अफ अनर प्रदान गर्दै राजकीय सम्मान दिइएको हो । सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए ।
आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहको आज सवा ११ बजे भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुने तालिका रहेको छ । उनीहरूबीच करिब एक घण्टा भेटवार्ता हुने बताइएको छ । त्यसलगत्तै दुई प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
पक्षीय सम्झौतामा हस्ताक्षरपछि भारतीय समकक्षी मोदीले आह्वान गरेको दिवा भोजमा प्रधानमन्त्री बालेन सहभागी हुनेछन् । त्यसलगत्तै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् ।
प्रधानमन्त्री शाह आजै साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology