काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वान टू वान’ भेटवार्ता भएको छ ।
सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्तापछि दुवै प्रधानमन्त्री नेपाल-भारत प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा सहभागी भएका छन् ।
बैठकपछि नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी समझदारी (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएपछि प्रधानमन्त्री शाह र भारतीय मोदीले संयुक्त रूपमा मिडिया ब्रिफिङ गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology