Logo

२०८३, मंसिर ७गते


images
images

समाचार

नेपालको पुनर्निर्माण र विकासका लागि २ खर्ब ४० अर्ब सहयोग गर्ने मोदीको घोषणा

नेपालको पुनर्निर्माण र विकासका लागि २ खर्ब ४० अर्ब सहयोग गर्ने मोदीको घोषणा

images
  • नेपालको पुनर्निर्माण र विकासका लागि २ खर्ब ४० अर्ब सहयोग गर्ने मोदीको घोषणा
    images

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई थप मजबुत बनाउन भारतका तर्फबाट २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेका छन् ।

    images
    images
    images

    नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले उक्त सहयोग प्याकेज घोषणा गरेका हुन् । गत अगस्टमा नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासमा भारतले सहयोग गर्ने बताएका थिए ।

    images
    images

    मोदीले प्रधानमन्त्री शाहको प्रशंसा गर्दै उनीमा नेपाल र भारतको सम्बन्धबारे स्पष्ट दृष्टिकोण रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघमा शाहले दिएको भाषणको उल्लेख गर्दै उनले शाहसँग बिताएका केही घण्टामै उनको स्पष्ट सोच र दृष्टिकोण बुझ्न पाएको बताए ।

    images

    भारत र नेपालबीचको सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो सम्बन्धले जोडिएको उल्लेख गर्दै मोदीले नेपालबिना भारतका धाम र राम दुवै अधुरो रहेको बताए ।

    भगवान् राम र माता सीता साझा सभ्यता तथा आस्थाका प्रतीक भएको बताउँदै उनले जनकपुरधाम–अयोध्याबीच सुरु गरिएको रेलसेवाले दुई देशबीचको पवित्र सम्बन्धलाई नयाँ आयाम दिने विश्वास व्यक्त गरे ।

    मोदीले भारत र नेपालबीचको सम्बन्ध छिमेकीको मात्र नभई आत्मीयता र अटुट विश्वासको सम्बन्ध भएको बताए। दुवै देशका खुसी र चुनौती साझा रहेको उल्लेख गर्दै उनले एकअर्काको प्रगतिका सहयात्री तथा कठिन समयमा एकअर्काको सहारा बनेको बताएका थिए ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुनर्निर्माण
  • # मोदी
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।