Logo

२०८३, मंसिर ७गते


images
images

समाचार

नेपालमा आईआईटीको बाह्य शाखा स्थापना गर्ने मोदीको घोषणा

नेपालमा आईआईटीको बाह्य शाखा स्थापना गर्ने मोदीको घोषणा

images
  • नेपालमा आईआईटीको बाह्य शाखा स्थापना गर्ने मोदीको घोषणा
    images

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नयाँ उद्यम प्रवर्द्धन केन्द्र, नवप्रवर्तन केन्द्र र भारतीय प्रविधि संस्थान (आईआईटी) को बाह्य शाखा स्थापना गर्ने घोषणा गरेका छन् ।

    images
    images
    images

    नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाली विद्यार्थीका लागि भारतमा कानुन र प्रविधि विषयमा छात्रवृत्तिका अवसरसमेत बढाउने बताएका छन् ।

    images
    images

    त्यसैगरी, खाद्य प्रशोधन र कृषि उत्पादनको मूल्य अभिवृद्धिलाई प्रोत्साहन गर्न नेपालमा कृषि-औद्योगिक पार्क विकास गर्न भारतले सहयोग गर्ने उनले बताए ।

    images

    मोदीले भारतले लामो समयदेखि नेपाललाई पेट्रोलियम पदार्थसहित अन्य अत्यावश्यक वस्तुको भरपर्दो आपूर्तिकर्ताका रूपमा सहयोग गर्दै आएको उल्लेख गरे ।

    भारतको छिमेकी पहिलो नीतिअनुसार यस वर्ष इन्धन आपूर्तिमा गम्भीर चुनौती हुँदाहुँदै पनि नेपालमा पेट्रोलियम पदार्थ, मल तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर कायम राखिएको उनले बताएका छन् ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईआईटी
  • # मोदी
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।