काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् ।
सोमबार बिहान दिल्लीको राजघाटस्थित गान्धीको समाधीस्थल पुगेर प्रधानमन्त्री शाहले पुष्पहार अर्पण गरेका हुन् ।
समाधीस्थलबाट फर्केपछि प्रधानमन्त्री शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने तालिका छ ।
भेटमा केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्नेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology