Logo

२०८३, आश्विन ३गते


images
images

कलिवुड

चलचित्रमा 'साम्राज्य' मा अमरप्रतापको प्रवेश

चलचित्रमा 'साम्राज्य' मा अमरप्रतापको प्रवेश

images
  • चलचित्रमा 'साम्राज्य' मा अमरप्रतापको प्रवेश
    images
    images

    काठमाडौँ । निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता अमरप्रताप श्रेष्ठ अनुबन्धित भएका छन् ।सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल र अञ्जना बराइलीपछि अमरप्रताप चलचित्रको कलाकार टोलीमा जोडिएका हुन् ।

    images
    images
    images

    निर्देशक चौधरीका अनुसार अमरप्रतापले यही चलचित्रका लागि साढे दुई वर्षदेखि अभिनय, एक्सन, मार्सल आर्ट र नृत्यको प्रशिक्षण लिइरहेका थिए । लामो तयारी र मेहनतपछि उनलाई चलचित्रको मुख्य भूमिकामध्ये एकमा छनोट गरिएको उनले बताएका छन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रलाई ‘एपिक एक्सन ड्रामा’का रूपमा प्रस्तुत गरिनेछ। यसको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका छन्। निर्देशक चौधरीले यसपटक पहिलेभन्दा ठूलो क्यानभासमा चलचित्र निर्माण गर्ने तयारी गरेका छन् ।

    images
    images
    images

    निर्माण पक्षका अनुसार यो नेपाली चलचित्रकै ठूलो आकारको एक्सन चलचित्र बन्नेछ। चलचित्रको छायांकन केही समयपछि सुरु हुने र करिब ७० दिनसम्म चल्नेछ। छायांकनको अधिकांश भाग पूर्वी नेपालमा गरिने तयारी छ ।

    images
    images
    images

    चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव हुन्। विश्वास बस्नेत सहनिर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्। मानकृष्ण महर्जन छायांकन निर्देशक र श्री श्रेष्ठ एक्सन निर्देशकका रूपमा रहनेछन् । चलचित्रको डिजिटल साझेदार ओएसआर डिजिटल, प्रचारप्रसार साझेदार टौवा स्टुडियो र वितरक डिसीएन रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साम्राज्य
  • # चलचित्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।