Logo

२०८३, आश्विन ९गते


images
images

दुर्घटना

दार्चुलामा अटो दुर्घटनामा बेपत्ता मध्ये दुई जनाको शव फेला

दार्चुलामा अटो दुर्घटनामा बेपत्ता मध्ये दुई जनाको शव फेला

images
  • दार्चुलामा अटो दुर्घटनामा बेपत्ता मध्ये दुई जनाको शव फेला
    images
    images

    दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका-५ सौकेबगरस्थित भित्री सडकखण्डमा भाद्र १६ गते दिउँसो भएको अटो दुर्घटनामा परि वेपत्ता भएका यात्रुहरु मध्ये दुई जनाको शव फेला परेको छ ।

    images
    images
    images

    होपरीगाडबाट मसिनेबगरतर्फ जाँदै गरेको म १ ह ११४८ नम्बरको अटो गति अनियन्त्रित भई सडकबाट करीब ५० फिट तल नौगाड खोलामा खसेको थियो ।

    images
    images
    images

    अटोमा सवार ५ मध्ये सोही ठाउँ बस्ने १२ बर्षिया आरुषा धामीको शव घटना स्थलबाट करिव ७ मिटर पश्चिम र १७ बर्षिया भागा धामीको शव करिव ७ किलो मिटर पश्चिम बाट सशस्त्र प्रहरी बल, नेपाल चमेलीया जलविद्युत सुरक्षा वेश बलाँच, नेपाल प्रहरी, जलविद्युतका कर्मचारी र स्थानिय बासिन्दाहरुले खोजीकार्य गर्ने क्रममा फेला पारेको छ । वेपत्ता ४७ बर्षिया चाखुरी देवी धामीको खोजीकार्य भईरहेको छ भने अटो चालकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    दुर्घटनामा परि घाईते भएका सोही ठाउँ बस्ने १६ बर्षिय आयुष भुललाई उपचारको लागि गोकुलेश्वर अस्पतालतर्फ पठाएको छ ।

    दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल चमेलीया जलविद्युत सुरक्षा वेश बलाँचबाट सशस्त्र प्रहरी नायव निरीक्षक दलजित सिहं डोबालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज वेपत्ताहरुको खोजीकार्यको लागि खटिएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दार्चुला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।