Logo

२०८३, आश्विन ९गते


images
images

जलविद्युत

जलविद्युत क्षेत्रमा थप भारतीय लगानी भित्र्याउने तयारी

जलविद्युत क्षेत्रमा थप भारतीय लगानी भित्र्याउने तयारी

images
  • जलविद्युत क्षेत्रमा थप भारतीय लगानी भित्र्याउने तयारी
    images
    images

    काठमाडौं । नेपालको जलविद्युत क्षेत्रमा थप भारतीय लगानी भित्र्याउने तयारी गरिएको छ। निजी क्षेत्रको समेत सहभागिता बढाउन पहल भइरहेको अधिकारीहरूले बताएका छन्। अहिले सतलज र एनएसपिसीले उत्पादन गरिरहेका छन् भने अन्य निजी क्षेत्रहरूलाई समेत भित्र्याउने तयारी भइरहेको छ।

    images
    images
    images

    नेपालका लागि भारतीय राजदूत डा. शंकरप्रसाद शर्माले नेपालले भारतलाई २०२२ देखि नै २८ मेगावाट ऊर्जा निर्यात गर्ने अनुमति पाएको र पछिल्ला वर्षहरूमा प्रगति भइरहेको बताए। दीर्घकालीन रूपमा लगानीकर्ता आकर्षित गर्न सरकार गम्भीर रहेको उनको भनाइ छ।

    images
    images
    images

    नेपालले सन् २०३५ सम्म विद्युत् उत्पादन क्षमता २८,५०० मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ। भारतसँग १० वर्षमा १०,००० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भइसकेको छ भने बंगलादेशलगायतका मुलुकमा ५,००० मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य छ। हाल नेपालमा ३,४०३ मेगावाट जडित क्षमता छ भने ७,००० मेगावाटका आयोजना निर्माणाधीन छन्।

    images
    images
    images

    भारतले नेपालका पूर्वाधार विकासका कार्यहरूमा पनि लगानी बढाउँदै लगेको छ। जनकपुर-जयनगर रेल सञ्चालनमा आएको छ भने बर्दिवाससम्म रेल्वे ट्र्याक विस्तारको काम भइरहेको छ। सुदूरपश्चिममा पुल, सडक, र अन्य पूर्वाधार निर्माण अघि बढेको छ। भारतले अड्किएको पञ्चेश्वर परियोजनालाई छिट्टै अघि बढाउने तयारी गरिरहेको छ।

    नेपाल र भारतबीच क्रस-बोर्डर भुक्तानी प्रणाली कार्यान्वयन भइसकेको छ। यसका कारण भुक्तानी सम्बन्धी समस्या हल भएको छ। हाल भारतबाट नेपालमा दिनको करिब ६० लाख नेपाली रुपैयाँ बराबरको कारोबार क्यूआर कोडमार्फत भइरहेको छ। नेपालबाट भारतमा डिजिटल भुक्तानीको काम अझै प्रारम्भ भइसकेको छैन, तर गृहकार्य भइरहेको अधिकारीहरूले बताएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जलविद्युत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।