Logo

२०८३, श्रावण २७गते


images
images

माओवादी केन्द्रद्वारा सुनवलमा शोकसभा सम्पन्न

माओवादी केन्द्रद्वारा सुनवलमा शोकसभा सम्पन्न

images
  • माओवादी केन्द्रद्वारा सुनवलमा शोकसभा सम्पन्न
    images
    images

    सुनवल । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र समर्थित  बुद्धिजिवि संगठनका नेता बैकुण्ठ  पाण्डेका बुवा काशिराम पाण्डेको निधनमा माओवादी केन्द्रले शोक सभा सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्र नवलपरासी र रुपन्देहीले संयुक्त रुपमा सुनवलको ज्यामिरे स्थित पाण्डेको घरमा शोकसभा सम्पन्न भएको हो ।

    लामो समय वामपन्थी आन्दोलनमा बिताएका काशिराम पाण्डेको ८२ बर्षको उमेरमा निधन भएको थियो । शोकसभामा माओवादी केन्द्र नवलपरासीका अध्यक्ष भविश्वर तिवारी, माओवादी रुपन्देहीका सचीव निर्मल जीसी लगायतले पाण्डेका योगदानको चर्चा गरेका थिए ।

    माओवादी केन्द्र  सुनवलका अध्यक्ष वीर बहदुर बि.क. को अध्यक्षतामा सम्पन्न शोकसभाको संचालन माओवादी केन्द्रका रुपन्देही क्षेत्र नं. १ का सचीव गोविन्द पंगेनीले गरेका थिए ।




    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।