Logo

२०८३, श्रावण २७गते


images
images

माओबादी केन्द्र देवदहको अधिबेशन: तयारी पूरा

माओबादी केन्द्र देवदहको अधिबेशन: तयारी पूरा

images
  • माओबादी केन्द्र देवदहको अधिबेशन: तयारी पूरा
    images
    images

    देवदह । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रले देवदह नगर कमिटीको छैटौं नगर अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ। 

    images
    images
    images

    बिहीबार पाठक फुड ल्याण्ड एण्ड पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दै पौष २० गते हुने नगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका नगर अध्यक्ष गोविन्द ठठराईले जानकारी  दिए। पत्रकारहरुसंग बोल्दै अध्यक्ष ठठराईले देशभर अधिवेशन चलिरहेको र देवदह नगर कमिटीको पनि पौस २० गते नगर अधिवेशन हुने गरी तयारी गरिएको उनले जानकारी दिए। 

    images
    images
    images

    देवदह नगरको सम्पूर्ण सम्मलेन सकिएको बताउँदै अधिवेशनमा ३ सय प्रतिनिधी र १०० जना पर्यबेक्षक सहभागी हुने अध्यक्ष ठठराईले बताए। त्यस्तै अधिवेशनले ३५ सदस्यीय समिति चयन गर्ने छ। पार्टीको नेतृत्व लिन धेरैको आकांक्षा रहे पनि सहमतिमै नेतृत्व चयन गरिने प्रयास भइरहेको ठडराइले बताए ।

    images
    images
    images

    पार्टीको नेतृत्व चयनका लागि वडा वडा बाट सहभागी हुने प्रतिनिधि हरुबाट ३५ जना छनोट गर्ने र सोही ३५ जना बाट पदाधिकारी चयन गर्ने अध्यक्ष ठठराईले जानकारी दिए । अधिवेशन पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले उद्घाटन गर्ने छन्। 

    २० गते देवदह खैरेनीको बुद्ध चोक देखि र्याली निकालिने र पाठक पार्टी प्यालेसमा आई सभामा परिणत हुने छ। भने सोही अवसरमा सहिद परिवारलाई सम्मान गरिने अध्यक्ष ठडराईले बताए। 

    देशमा भएको भ्रष्टाचार अन्य गर्नेगरी पार्टीले अभियान चढाउँदै बामपन्थी आन्दोलनको नेतृत्व समेत माओवादीले गर्ने नगर अध्यक्ष ठठराईले जनाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओबादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।