देवदह । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सदस्य वामदेव क्षेत्रीले पार्टी कार्यकर्तालाई चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् । मंगलबार रुपन्देही क्षेत्र नं. १ को पार्टी बैठकमा बोल्दै नेता क्षेत्रीले संसदीय व्यवस्थामा राम्रो जनसम्पर्क र जनसम्बन्धको साथमा चतुर्याइँ पनि आवश्यक पर्ने हुनाले सोही अनुसार निर्वाचनको तयारीमा होमिन कार्यकर्तालाई निर्देशन दिएको सो पार्टीले जनाएको छ ।
क्षेत्रीले पार्टीमा आवस्यकता र क्षमताका आधारमा जिम्मेवारी लिनेदिने र बलियो जनसम्बन्ध कायम गर्दै निर्वाचनको समयमा सोही अनुसारको रणनीति तय गर्न सके निर्वाचन जित्न सहज हुने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
बैठकमा बैकल्पिक केन्द्रिय सदस्य मौक्सुद अली, पार्टी जिल्ला संयोजक नारायण जिसी 'निर्मल' लगायतले बोल्दै पार्टीको संगठन बलियो हुँदाहुँदै पनि संसदीय अभ्यासमा अभ्यस्त नभएको कारण स्थानीय तह निर्वाचनमा रुपन्देहीमा हार व्यहोर्नुपर्ने परेको बताएका थिए ।
बैठकले सबै पालिकाको बैठक बस्ने र निर्वाचन केन्द्रित कार्यक्रम तय गरेर जाने निर्णय गरेको पार्टीका क्षेत्रीय इन्चार्ज लेखनाथ न्यौपानेले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology