Logo

२०८३, श्रावण २७गते


images
images

निर्वाचन अपडेट

रुपन्देही - १ मा दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान

रुपन्देही - १ मा दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान

images
  • रुपन्देही - १ मा  दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान
    images
    images

    देवदह । रुपन्देही क्षेत्र नं १ मा दिउँसो २ बजेसम्म ६० हजार ६०० भोट खसेको छ । निर्वाचन अधिकृत कपिल पौड्यालले ६० हजार ६०० मत खसिसकेको रिपोर्ट फिल्डबाट प्राप्त भएको बताए । 

    images
    images
    images

    जम्मा १ लाख ४६ हजार ८ सय २४ मत रहेको यस क्षेत्रमा दिउँसो २ बजेसम्मको तथ्यांक अनुसार ४१ प्रतिशत मत खसिसेको देखिन्छ । हालसम्म मतदान सौहार्दपूर्ण रूपमा अगाडि बढिरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
      
    क्षेत्र नं १ मा राजनीतिक दलकातर्फबाट २० जना र स्वतन्त्रबाट ११ जना गरि जम्मा ३१ जनाको उम्मेदवार छन् । 

    images
    images
    images

    यस क्षेत्रमा देवदहका सबै अर्थात १२ वटा वडा, तिलोत्तमा नगरपालिकाका ९ वटा (वडा नं ७, ८, ९, १०, ११, १२, १५, १६, १७), रोहिणी गाउँपालिकाका सबै ७ वटा र ओमसतिया गाउँपालिकाका ५ वटा ( वडा नं १, ३, ४, ५, ६) वडा क्षेत्र नं १ मा समावेश छन् । जसमा कुल १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेका छन् । 

    images
    images
    images

    कुल ४५ वटा मतदान स्थल रहेको रुपन्देही निर्वाचन क्षेत्र नं १ मा १५९ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालय क्षेत्र नं १ रुपन्देहीका प्रवक्ता कमल नेपालीले जनाएका छन् । 

    देवदह : ५१ हजार ६९ मतदाता, १३ वटा मतदान स्थल र ५५ केन्द्र

    वडागत रुपमा हेर्दा देवदह नगरपालिको वडा नं १ मा ३ हजार ६ सय ६९ मतदाता रहेका छन् भने वडा नं. २ मा ३ हजार ३ सय ७६ मतदाता रहेका छन् । यस्तै वडा नं ३ मा ३ हजार ४ सय २ मतदाता रहँदा वडा नं ४ मा ३ हजार ७ सय मतदाता रहेका छन् । वडा नं ५ को मतदाता संख्या ६ हजार ४७ छन् भने वडा नं ६ को मतदाता संख्या ३ हजार ५ सय ६९ रहेको छ । 

    यसैगरी वडा नं ७ को मतदाता संख्या ५ हजार ७ सय ७१ रहँदा वडा नं ८ मा ३ हजार ७ सय ७५ मतदाता रहेको देखिन्छ । मतदाता नामावलीमा उल्लेख भए अनुसार वडा नं ९ मा ४ हजार १ सय ७९ जना र वडा नं १० मा ५ हजार ७ सय १७ मतदाता रहेका छन् । यस्तै वडा नं ११ मा ४ हजार १ सय ७६ र वडा नं १२ मा ३ हजार ६ सय ८८ रहेको छ ।

    तिलोत्तमा : ४६ हजार ७७९ मतदाता, १२ मतदान स्थल, ५० केन्द्र

    यस निर्वाचन क्षेत्रमा पर्ने तिलोत्तमा नगरपालिकाको ९ वटा वडामा १२ वटा मतदान स्थल रहेका छन् । ५० वटा मतदान केन्द्र रहेको तिलोत्तमामा जम्मा मतदाता संख्या रहेको छ ।

    वडागत रुपमा हेर्दा तिलोत्तमाको वडा नं ७ मा ७ हजार ३ सय ३७, वडा नं ८ मा ४ हजार ९ सय ७२, वडा नं ९ मा ५ हजार १ सय ५६, वडा नं १० मा ३ हजार ६ सय ५, वडा नं ११ मा ७ हजार ६ सय ९२ मतदाता रहेका छन् ।

    यस्तै वडा नं १२ मा ३ हजार ५ सय ७६, वडा नं १५ मा ४ हजार ५ सय ९२, वडा नं १६ मा ४ हजार ३ सय ७७ र वडा नं १७ मा ५ हजार ४ सय ७२ मतदाता रहेको निर्वाचन कार्यालयको मतदाता सुचीमा उल्लेख छ ।

    रोहिणी : २७ हजार ६८८ मतदाता, ११ मतदान स्थल  र ३२ वटा केन्द्र

    यसैगरी क्षेत्र नं १ अन्तर्गत पर्ने रोहिणी गाउँपालिकाको ७ वटा वडामा ११ वटा मतदान स्थल रहेका छन् । ३२ वटा मतदान केन्द्र रहेको रोहिणीमा मतदाता संख्या २७ हजार ६ सय ८८ रहेको छ ।

    वडागत रुपमा हेर्दा वडा नं १ मा ३ हजार ९ सय ३७, वडा नं २ मा ४ हजार ७ सय १०, वडा नं ३ मा ५ हजार ३ सय २७,  वडा नं ४मा ३ हजार ६ सय ६०, वडा नं ५ मा २ हजार ९ सय ११, वडा नं ६ मा ३ हजार ३ सय ३३ र वडा नं ७ मा ३ हजार ८ सय १० मतदाता रहेको निर्वाचन कार्यालय क्षेत्र नं १ बाट प्राप्त तथ्याङ्कमा उल्लेख छ । 

    ओमसतिया : २१ हजार २८८ मतदाता, ९ मतदान स्थल, २२ वटा केन्द्र

    यसैगरी ५ वटा वडाहरु क्षेत्र नं १ मा पर्ने ओमसतिया गाउँपालिकामा ९ वटा मतदान स्थल रहेको छ । २२ वटा मतदान केन्द्र रहेको ओमसतियामा मतदाताको संख्या २१ हजार २ सय ८८ रहेको छ । 

    वडागत हिसाबले हेर्दा ओमसतियाको वडा नं १ मा ४ हजार १ सय ८०, वडा नं ३ मा ३ हजार ९ सय ३०, वडा नं ४ मा ५ हजार ३ सय ७२ वडा नं ५ मा ३ हजार ८ सय ४८ र वडा नं ६ मा ३ हजार ९ सय ५८ मतदाता रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।