सैनामैना (रुपन्देही ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )ले रुपन्देही निर्वाचन क्षेत्र नं. ५ ले चुनाव केन्द्रित कार्यक्रमको तयारी गरेको छ । त्यस क्षेत्रको उम्मेदवारको टुंगो नलागे पनि उक्त पार्टीले तयारी शुरु गरेको हो ।
निर्वाचनको तयारी तीब्रताका साथ अघि बढेको उल्लेख गर्दै पार्टीका जिल्ला संयोजक निर्मल जिसीले क्षेत्र नं. ५ को केन्द्र लुम्बिनीमा हुने जनसभालाई सम्बोधन गर्न असोज १५ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुपन्देही आउने जानकारी दिए ।
प्रचण्डले सम्बोधन गर्ने चुनावीसभालाई बैठकले जनसभाको तयारी गर्न शनिबार बसेको क्षेत्रको कार्यबिभाजन गरेको पार्टीका क्षेत्रीय सह- इन्चार्ज भोला बस्यालले बताए। बैठकले प्रचार-प्रसार, जनसहभागिता एवं जनमत सृजनाको लागि सबै शक्ति प्रयोग गर्ने र माओवादी केन्द्रको जनाधारलाई सशक्त ढंगले परिचालन गर्ने निर्णय भएको उनको भनाइ छ ।
निर्बाचन क्षेत्र संयोजक बिक्रम यादवको अध्यक्षता तथा सचिब रोमनाथ न्यौपानेको सन्चालनमा शनिवार भएको बैठकमा पार्टीका केन्द्रिय सदस्य बिनोद पहाडी, पुर्बबन मन्त्री तथा प्रतिनिधि सभाका प्रस्तावित उम्मेद्बार मोहम्मद वकिल मुसलमान, लुम्बिनी प्रदेश सचिबालय सदस्य तथा रुपन्देही जिल्ला सम्योजक निर्मल जिसि, लुम्बिनी प्रदेश सचिबालय सदस्य तथा ५ नम्बर निर्वाचन इन्चार्ज अमर रोका लगायतको उपस्थिति रहेको प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष एवम् सो क्षेत्रका चुनावी प्रचारप्रसार इन्चार्ज रुद्रहरि कुँवरले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology