Logo

२०८३, श्रावण २७गते


images
images

सर्वदलिय बैठक

सर्बदलीय बैठकमा प्रचण्डले गरे सरकारको आलोचना, समाधान खोज्न नसकेको आरोप

सर्बदलीय बैठकमा प्रचण्डले गरे सरकारको आलोचना, समाधान खोज्न नसकेको आरोप

images
  • सर्बदलीय बैठकमा प्रचण्डले गरे सरकारको आलोचना, समाधान खोज्न नसकेको आरोप
    images
    images

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरीमा उत्पन्न तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाएर सामाजिक सद्भाव र आपसी विश्वास कायम गर्न आग्रह गरेका छन्।

    images
    images
    images

    सिंहदरबारमा जारी सर्वदलीय बैठकमा धारणा राख्दै प्रचण्डले भूकम्प, बाढी-पहिरोजस्ता विपद् तथा संविधान निर्माणजस्ता जटिल समयमा राजनीतिक दलहरूले राष्ट्रिय एकता र साझा सहमतिको उदाहरण प्रस्तुत गरेको स्मरण गराउँदै अहिले पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक रहेको बताए ।

    images
    images
    images

    उनले राष्ट्रिय महत्वका यस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले साझा समाधान खोज्न नसकेको भन्दै गम्भीर प्रश्न उठाए । साथै सर्वदलीय बैठक आह्वान गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धन्यवाद पनि दिए ।

    images
    images
    images

    प्रचण्डले यस्तो अवस्थामा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताए । उनले संसद्भित्र पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको टिप्पणी गरे ।

    उनले बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने स्पष्ट पार्दै संवाद, सहमति र राजनीतिक समझदारीमार्फत मात्र वर्तमान परिस्थितिलाई सहज बनाउन सकिने धारणा राखे ।

    प्रचण्डले आफ्नो पार्टीले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक निर्देशनसमेत दिइसकेको जानकारी दिए ।

    घटनास्थलमा स्थानीय व्यक्तिमात्र नभई बाह्य रूपमा वातावरण भड्काउने तत्वहरू पनि सक्रिय हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै उनले सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गरे।

    उनले अहिले राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिए। साथै सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकताबद्ध रूपमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।