Logo

२०८३, श्रावण २७गते


images
images

सुनवल मेयरकप

सुनवलमा आठौं मेयरकप सुरु : उद्घाटन खेलमा वडा नं १२ विययी

सुनवलमा आठौं मेयरकप सुरु : उद्घाटन खेलमा वडा नं १२ विययी

images
  • सुनवलमा आठौं मेयरकप सुरु : उद्घाटन खेलमा वडा नं १२ विययी
    images
    images

    देवदह । नवलपरासीको सुनवलमा मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । सोमवार एक कार्यक्रम बिच सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले आठौं मेयर कपको उद्घाटन गरेकी हुन् ।  

    images
    images
    images

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले सुनवल नगरपालिका खेलकुदको विकासमा प्रतिबद्ध भएर लागेको बताइन् । ‘हामी एक वडा एक खेल मैदान बनाउने उद्धेश्यले काम गरिरहेका छौं ।’ उनले भनिन्, ‘सुखी सुनवलवासी, समृद्ध सुनवल बनाउने हाम्रो सपनालाई खेल क्षेत्रले सहयोग पुर्याउनेछ भन्ने हाम्रो विश्वास छ ।’ मेयर कपजस्ता खेलकुदका कार्यक्रमले खेलाडीलाई प्रोत्साहन गर्ने र खेलको विकास गर्ने कार्यमा सहयोगी भुमिका खेल्ने उनको भनाइ छ । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै  नगर उपप्रमुख सुर्यप्रसाद दुबेले उत्कृष्ट खेलाडीलाई सुचिकृत गर्ने र उनीहरुलाई आवश्यक सहयोग गरी राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न नगरपालिकाले योजना बनाउनुपर्ने बताए । ’खेलाडी उत्पादनका हिसावले मेयरकपबाट समग्र एउटा टिम निर्माण गरेर क्षेत्रीय हुँदै राष्ट्रिय खेलहरुमा समेत सुनवलबाट हामी प्रतिनिधित्व गराउन चाहन्छौं ।’ दुवेले भने, ‘हामि यहाँबाट व्यवसायिक खेलाडी उत्पादन गर्न चाहन्छौं । यदि हामीले सञ्चालन गर्ने प्रतियोगिताबाट त्यस्ता खेलाडी उत्पादन हुन सकेनन् भने मेयरकप प्रतियोगिता माथि नै प्रश्न चिन्ह उठ्नेछ ।’

    images
    images
    images

    सुनवल–७ स्थित खेल मैदानमा आयोजित उद्घाटन समारोहमा वडा नं ७ का वडा अध्यक्ष नारायण प्रसाद आचार्य लगायतले बोलेका थिए । मेयर कप सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश बाह«घरेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन समितिका सचिव खड्ग रानाले गरेका थिए । 

    सुनवल मेयर कप १.jpeg

    सुनवल मेयर कपको पुरस्कार राशी यस क्षेत्रकै सर्वाधिक रहेको छ । प्रतियोगिता विजेताले एक लाख ५५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी उपविजेताले ९५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने सेमिफानल पुग्ने दुई टिमलाई २५÷२५ हजार रुपैंया नगद प्रदान गरिनेछ ।

    सुनवल नगरपालिकाको १० लाख रुपैंया बजेटमा हुने प्रतियोगितामा सहभागी खेलाडीको प्रतिव्यक्ति एक लाख रुपैंया बराबरको दुर्घटना विमा समेत गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हरेक वडालाई आयोजकले एक÷एक थान बल र एक सेट जर्सी उपलब्ध गराएको छ । प्रतियोगितामा आयोजक वडाका दुई टिमसहित १३ वटा वडाका १४ टिम सहभागी छन् । प्रतियोगिताको फाइनल खेलसहित समापन समारोह जेठ ४ गते हुने जनाइएको छ ।   

    यसैबिच प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न उद्घाटन खेलमा सुनवल– १२ विजयी भएको छ । आयोजक वडा सुनवल–७ ‘ए’ लाई ट्राईवेकरमा ३–१ ले पराजित गर्दै वडा नं १२ विजयी भएको हो । निर्धारित समय अवधिभर दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि प्रतियोगिता ट्राइवेकरमा पुगेको थियो  । ट्राईवेकरमा सुनवल–१२ ले सुनवल ७ लाई ३–१ गोल अन्तरले पराजित गरेको सचिव रानाले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल
  • # आठौं मेयरकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।